औद्योगिक प्रवद्र्धन गर्न चितवनमा प्रर्दशनी «

औद्योगिक प्रवद्र्धन गर्न चितवनमा प्रर्दशनी


चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा जारी छैटौं चितवन अन्तर्राष्ट्रिय प्रर्दशनी अवलोकन गर्नेको चहलपहल बढेको छ ।
४ गतेदेखि सुरु भएको प्रर्दशनीमा शनिबारसम्म ८ हजार जनाले अवलोकन गरेका छन् ।
प्राविधिक, अध्ययनशील, उद्यमशील, उद्योगी, व्यवसायीले प्रर्दशनीको अवलोकन गरेको चितवन उद्योग संघका उपाध्यक्ष तथा प्रर्दशनी सञ्चालन विभाग संयोजक सूर्यपसाद न्यौपानेले जानकारी दिए । प्रर्दशनी आज (आइतबार) समापन हुनेछ । प्रर्दशनीमा स्वदेशी ६० स्टल, विदेशी ५० स्टलसहित २ सय भन्दा बढी स्टलहरु छन् ।
चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनमा प्रर्दशनी भएको हो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनीले स्वदेशी प्रविधि तथा उत्पादनको बजारीकरणमा सघाएको बताए । चितवन उद्योग संघले २०६६ सालदेखि राष्ट्रिय औद्योगिक प्रर्दशनी गर्दै आएकोमा यसवर्ष अन्तर्राष्ट्रिय प्रर्दशनी गरिएको हो । “स–साना औजारदेखि ठूला उद्योगमा प्रयोग हुने मेसिनको डेमो प्रर्दशन गरिएको छ” उनले भने, “अत्याधुनिक प्रविधिबारे अवलोकनकर्ताले सहजै जानकारी लिन सक्नेछन् ।” नवउद्यमीले नयाँ प्रविधि र उद्योगमा लगानी कसरी गर्ने भन्नेबारे ज्ञान लिन सक्ने उनले बताए ।
यसैबीच, शनिबार प्रर्दशनीअन्र्तगत गोष्ठी तथा सेमिनार गरिएको छ । गोष्ठीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लगानी प्रवद्र्धन महाशाखा प्रमुख नारायणप्रसाद दुवाडी र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सुयस खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै लगानी प्रवद्र्धन महाशाखा प्रमुख नारायणप्रसाद दुवाडीले देशमा औद्योगिकरणको आवश्यकता देखिएको बताए । “सरकारले थुप्रै प्रयास गरेपनि अझै औद्योगिकरणमा उल्लेख्य प्रगती हुन सकेको छैन” उनले भने, “अब ढिला गर्नु हुँदैन, देशलाई औद्योगिकरणमा लैजानुपर्छ ।”
लगानीमैत्री वातावरण र आर्थिक समृद्धिको साझा एजेण्डा बनेकाले औद्योगिकरणमा देशले छिटै फड्को मार्ने उनले बताए । युवाहरुको उद्योग व्यवसायमा लगानी बढेकाले देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तनहरु देखा पर्न लागेको उनको भनाइ छ ।
२०७७÷०७८ मा ठूला उद्योग १४ प्रतिशत, साना उद्योग ६३ प्रतिशत र मझौला उद्योग २३ प्रतिशत रहेको उनले बताए । “औद्योगिक पूर्वाधार विकास र जनशक्ति विकासमा अब सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेछ” उनले भने, “स्वदेशी लगानीको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध छ, तीनै तहका सरकारबीच नीतिगत र कानुनी एकरुपता ल्याउन सके औद्योगिकरण असम्भव छैन ।”

प्रतिक्रिया दिनुहोस्