आर्थिक समृद्धि यात्राको सारथि ‘कारोबार’ «

आर्थिक समृद्धि यात्राको सारथि ‘कारोबार’

नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबारले मंसिर २९ गतेबाट आफ्नो स्थापनाको १२ वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । कारोबार राष्ट्रिय आर्थिक दैनिक मुलुकको अर्थतन्त्रको संवाहकको मेरुदण्ड बन्दै निरन्तर आममानिसहरूलाई सत्यतथ्य तथा विभिन्न सही सूचनाहरू सूचीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा टीबीआई पब्लिकेसनका अध्यक्ष भवन भट्टले वि.सं २०६६ साल मंसिर ३० गते अर्थात् १५ डिसेम्बर सन् २००९ बाट कारोबार दैनिकको सुरुवात गर्नुभएको थियो । कारोबार राष्ट्रिय आर्थिक दैनिक स्थापना भई निरन्तर मुलुकको आर्थिक समृद्धिको मार्गचित्रमा विभिन्न अवरोध र चुनौतीबीच सधैं नै लागि नै रह्यो । मुलुकमा भएको हरेक परिस्थितिसँग सामना गर्दै आज कारोबार दैनिक अर्थतन्त्रको पहिलो मेरुदण्डका रूपमा पाठकहरूबीच लोकप्रिय बन्दै गइरहेको अवस्था छ ।
सञ्चारको क्षेत्रमा विभिन्न स्रोत र साधनले फड्को मारिरहेको अवस्थामा कारोबार दैनिकका नयाँ संस्करणहरू कारोबार अनलाइन टिभी र कारोबार डेली डटकमबाट पनि मुलुकको रूपान्तरित अर्थतन्त्रको संवाहकलाई अझ आममानिसहरूबीच आफ्नो छुट्टै पहिचान बनाउँदै गइरहेको छ । मुलुकमा दिनानुदिन सञ्चारको माध्यमले फड्को मारिरहँदा कारोबार अनलाइन तथा कारोबार टेलिभिजनले पनि विभिन्न आर्थिक समृद्धिका सूचना र समाचार डिजिटल माध्यमबाट पस्किनाले अझ बढी सुसूचित गराउन लागि नै रहेको छ । स्थापनाको पाँचौँ वर्ष पुगेको कारोबार अनलाइन टिभीले हरेक साँझ दिनभरका प्रमुख समाचार विशेषतः आर्थिक समाचार पस्किन्छ ।
कारोबार दैनिकले स्थापनाको १२ वर्ष मनाउँदै गर्दा कारोबारले व्यावसायिक रूपमा आर्थिक नीति बनाउन तथा निजी क्षेत्रलाई प्रवद्र्धन गर्नमात्र होइन, अर्थतन्त्रमा योगदान पनि गरेको छ । यसले आममानिसहरूलाई अर्थतन्त्रको सूचना तथा समाचारप्रति विवेकशील बन्न पनि सिकाएको छ । त्यतिमात्र होइन, मुलुकभित्र रहेको हरेक व्यावसायिक घरानादेखि नयाँ उद्यमीहरूलाई पनि प्रोत्साहन गरेको छ, उद्यमशीलतालाई प्रोत्साहन गरेको छ । मुलुकभित्रको कुनाकाप्चामा रहेका कृषकहरूको हरेक समस्यालाई सम्बन्धित निकायसम्म पु-याएर समस्या समाधान गर्न झकझक्याएको छ कारोबारले । मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा मुलुकको आर्थिक समृद्धि हासिल गर्न अर्थतन्त्रका नीति निर्माण तहमा पनि हस्तक्षेप गर्न सरकार तथा उद्योगपतिहरूसँगसँगै रहेर अर्थतन्त्रको विचार विनिमय गर्ने, समस्याहरूको जग पत्ता लगाएर मुलुकको अर्थतन्त्र कसरी सुदृढीकरण गर्न सकिन्छ भनेर समेत योगदान दिई अगाडि बढ्न कारोबार इकोनोमिक कन्क्लेभजस्ता कार्यक्रम गरेर पनि कारोबार राष्ट्रिय आर्थिक दैनिकले मुलुकमा एउटा नौलो प्रक्रिया सुरु गरेको छ ।
मुलुकको अर्थतन्त्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न तह र तप्कामा रहेका व्यवसायीहरूलाई उनीहरूको योगदानको कदर गर्नेदेखि उनीहरूलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न विभिन्न पुरस्कार तथा सम्मान गर्ने पनि गरेको छ । साथै, विज्ञापनजस्तो एउटा संवेदनशील क्षेत्रलाई पनि कारोबार राष्ट्रिय आर्थिक दैनिकले सम्मान गर्ने तथा प्रवद्र्धन गर्ने गरेको सर्वविदितै छ । पछिल्लो समय कोरोनाका कारण मुलुकको अर्थतन्त्र नकारात्मक दिशातिर जाँदा सबैभन्दा पहिलो असर सञ्चार क्षेत्रलाई प¥यो । तर, कारोबार राष्ट्रिय आर्थिक दैनिकले महामारीका बाबजुत मुलुकको अर्थतन्त्र पुनरुत्थानका लागि निरन्तर सरकार तथा निजी क्षेत्रसँग नीतिगत सुधारका लागि लागिरहेको अवस्था छ । त्यसैले कारोबार राष्ट्रिय आर्थिक दैनिक विभिन्न समस्या र चुनौतीहरूसँग सामना गर्दै आमजनताको समृद्धिको सपना साकार गर्न तथा देशको विकासको महान् अभियानमा अनवरत अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्