उद्यमका लागि सक्षम बनाउन नबिल बैंकको फेलोसिप «

उद्यमका लागि सक्षम बनाउन नबिल बैंकको फेलोसिप

नबिल बैंकले उद्यम गर्न सक्षम बनाउने उद्देश्यले ‘फेलोसिप’ कार्यक्रम सुरुवात गरेको छ । बैंकले काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । आवासीय तालिममा आधारित फेलोसिप कार्यक्रमको सुरुवात गरेको हो ।बैंकले एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागीलाई फेलोसिपमा सहभागि संलग्न गराउने बताएको कार्यक्रम ६ महिने सिकाइमा आधारित हुने जनाइएको छ ।
कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ । यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् । छनौटमा परेका व्यक्तिहरूलाई उद्यमशीलताको तालिम दिइने जनाएको छ ।
उनीहरूका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यो कार्यक्रममा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्