सिजी ब्रुअरीको टिमुर बियर नेपाली बजारमा «

सिजी ब्रुअरीको टिमुर बियर नेपाली बजारमा

चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रुअरीले नेपालमा टिमुर बियर बजारमा ल्याएको छ । ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो ।
यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको भनाइ छ । सिजी ब्रुअरीले बेला–बेलामा आफ्ना बियरका पारखीहरूका लागि फरक स्वादमा बियर उत्पादन गर्दै आएको छ । कम्पनीकाअनुसार यस्ता उत्पादन उपभोक्ताबीच अत्यन्तै लोकप्रिय सावित हुँदै आएका छन् ।
टिमुरको स्वादमा उत्पादन गरिएको यो वियरले उपभोक्तालाई सन्तुष्टि दिने विश्वास कम्पनीको छ । नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदैँ आएको छ ।
टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ । यो बियर ६५० मिलिलिटर र ३३० मिलि लिटर बोतलमा बजारमा उपलब्ध छ । ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मूल्य तीन सय ४० र ३३० मि.लि. बोतलको उपभोक्ता मूल्य १७५ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्