भीभो सेल्स कार्निभल सुरु

स्मार्टफोन ब्राण्ड भीभोले नेपालमा चौथो वार्षिकोत्सव मनाएको छ । यस अवसरमा भीभोले ब्राण्ड एम्बासेडर प्रदिप खड्काको उपस्थितिमा सेल्स कार्निभलको उद्घाटन गरेको छ । उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको वाई सिरिजअन्तर्गतको वाई १५ स्मार्टफोनको लन्च पनि प्रदिप खड्काले गरे ।
भीभोले निरन्तर रुपमा नयाँ प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरु ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको बताएको छ । स्थानीय ग्राहकलाई आकर्षित गर्न भीभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ । जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको हुन्छ । डिसेम्बर १५ देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म सञ्चालन हुने सेल्स कार्निभलमा ग्राहकले आकर्षक उपहारका पाउने छन् ।
भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । यो अवधिमा भीभोको फोन किन्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप महिनाको वारेन्टी पाउने कम्पनीले जनाएको छ ।