नयाँ टिभिएस रेडर मोटरसाइकल सार्वजनिक «

नयाँ टिभिएस रेडर मोटरसाइकल सार्वजनिक

टिभिएस मोटरसाइकलको नयाँ मोडल रेडर सार्वजनिक भएको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले, बुटवलस्थित सोरुमबाट उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीकाअनुसार यो बाइक युवालक्षित एकसय २५ सिसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सले सुसज्जित छ ।
युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्स छन् । साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्