Logo

मोटरहेडका मोटरसाइकलप्रति ग्राहकको आकर्षण

नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० र अपग्रेडेड एमएच १५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ ।
मोटरहेडका अन्य धेरै मोडल नेपाली बजारमा उपलब्ध भए पनि पछिल्लो समयमा भित्रिएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण गरेको र धेरै बिक्री भइरहेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ ।
केही समयका लागि मात्र मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख ५ हजार रुपैयाँ कायम गरिएको र छिट्टै नै यसको मूल्य बढ्ने बताइएको छ । २२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ ।
यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ। १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।
मोटरहेड एमएचको मूल्य ३ लाख ५ हजार रुपैयाँ छ । यो बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत रहेको छ ।
मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्