क्लासिक टेकको ट्याकयोन–१ जिबिपिएस इन्टरनेट सेवा «

क्लासिक टेकको ट्याकयोन–१ जिबिपिएस इन्टरनेट सेवा

क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ–६ को साथमा ट्याकयोन–१ जिबिपिएस इन्टरनेट सेवा सुरु गरेको छ । वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफर्मिङ, एमयु–मिमो लगायतका सुविधाहरू रहने छन् ।
सो प्रविधि अवलम्बन गरेपछि ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने कम्पनीको भनाइ छ । वाइफाइ–६ प्रविधी अन्तर्गत इन्टरनेटको स्पिड थ्री जिबिपिएस सम्म रहनेछ ।
पहिलो चरणमा क्लासिकटेकले १ जिबिपिएस सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको छ । यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुने बताइएको छ ।
कम्पनीकाअनुसार वाइफाइ–६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै प्रयोगकर्ता, इनपुट र आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकैसाथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ । जसका कारण सिङ्नलका लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तीव्र बनाउने छ ।
वाइफाइ–६ पछि क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका डुअल ब्यान्डका राउटरहरू विस्तापित गराई नेपालभर ट्रि–ब्यान्ड राउटरहरू प्रयोगमा ल्याउने बताएको छ । ट्राइ–ब्यान्डमा एउटा २.४ जिएचजेट ब्यान्ड र दुई ५ जिएचजेट ब्यान्डहरू गरी तिनवटा अलग–अलग सिङ्नल ब्यान्डहरूको कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगिकनै हाइ स्पीड इन्टरनेट प्रयोग गर्न सक्षम रहने बताइएको छ ।
यो प्रविधिपछि ग्रहकहरूलाई बिना झन्झट, उच्च गतिको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्