गुलरियामा बजाजको नयाँ शोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा सुविधासम्पन्न शोरुम खोलेको छ । कम्पनीले नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’को उद्घाटन गरेको हो ।
सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम सञ्चालनमा ल्याइएको बजाजले जनाएको छ । ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसिप प्रदान गरिएको कम्पनीको भनाइ छ । बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम महत्व प्रदान गर्न सधैं प्रतिबद्ध रहेको छ। नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताइएको छ ।
यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटोसुविधा पुर्याउने प्रयास गरिरहेको छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए ।