तीन विधाका कृतिको संयुक्त विमोचन «

तीन विधाका कृतिको संयुक्त विमोचन

बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहाद्वारा लिखित ३ विद्याको किताबको एक कार्यक्रमबीच विमोचन गरिएको छ ।
बज्जिका समाज दर्शन गध संग्रह, बज्जिका समाज दर्पण पध संग्रह र सरकारी विधालय नाटक नामक तीन विधाका कृतिको आज गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादवद्वारा संयुक्त विमोचन गरिएको छ ।
कृति विमोचन समारोहमा वक्ताहरूले बज्जिका भाषाको संरक्षण, सम्बद्र्धन, सम्बद्र्धन, विकास र विस्तारमा साहित्यकार÷कवि रामचन्द्र महतोद्वारा लिखित विभिन्न विधाको कृतिहरू कोसेंढुंगा सावित हुने बताउनु भयो । मातृभाषा प्रति समर्पित विमोचित कृतिहरू बज्जिका भाषाका लागि ऐतिहासिक भएको बताएका छन् ।
साहित्यकार कुशवाहाले आफ्ना कृतिहरूमा बाल्यकालदेखि अहिलेसम्म भोग्नु भएका भोगाइहरूलाई कविता एवं नाटकमा उतारेका थिए । सो अवसरमा जीवनको लामो समय शिक्षा क्षेत्रमा विताएका कुशवाहाको जीवन संघर्ष र शिक्षाको माध्यमबाट समाजमा खेली रहनु भएको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
बज्जिका पूर्व भारत र नेपालमा बोल्ने भाषा हो । जसलाई एथ्नोलग लगायत केही स्रोतहरूले मैथिली भाषाको भाषिका मान्छन् तर बज्जिका भाषी यसमा सहमत देख्दैन । बज्जिका विशेष गरि भारतको विहारका उत्तर पश्चिम जिल्लाहरू र नजिकै रहेका नेपालका तराई मधेश क्षेत्रहरूमा बोलिन्छ । २०६८ को जनगणना अनुसार नेपालमा ७ लाख ९३ हजार ४ सय १८ अर्थात ३ प्रतिशत बज्जिका भाषी रहेको छन । बज्जिका भारोपेली परिवारको भाषा हो । यसको तिरहुत, कैथी र देवनागरी लिपि छन् ।

साहित्यकार/कवि रामचन्द्र महतो कुशवाहाले जीवन साथी स्व. सरस्वती देवी कुशवाहाको ६५ औ वार्षिक पुन्यतिथिको अवसरमा विमोचित कृतिहरू प्रकाशित गरेका हुन् ।

विमोचन समारोहमा बज्जिका एफ.एम.रौतहटका दिनेश यादव संगम, बज्जिका भाषा प्रशिक्षक विपिन विहारी सिंह, बज्जिका भाषा अभियन्ता विन्दा सहनी, बज्जिका भाषा प्रशारणकर्त्ता रेवन्त झा, बज्जिका भाषा सहयोगी राधेश्याम यादव, लेखक रामअधार पासमान, साहित्यकार रेणु गुप्ता, कवि संजय साह सुदमा, धर्मनाथ प्रसाद, शिवचन्द्र साह, शिक्षक विनोद कुशवाहा र समाजसेवी प्रदीप नारायण यादवलाई बज्जिका सम्मान–२०७८ र बज्जिका भाषा समाजका अध्यक्ष डा. कमलेश्वर प्रसाद सिन्हालाई बज्जिका महारथी सम्मान–२०७८ बाट सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्