के ४/१२ को प्रहारले नै पुँजीबजारमा समस्या भएको हो? «

के ४/१२ को प्रहारले नै पुँजीबजारमा समस्या भएको हो?


नेपाल राष्ट्र बैंकले ४/१२ को प्रहारले सेयर बजार आइसियूमा पुगेको सरोकारवालाहरूको दाबी छ । कतिपय लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको गभर्नरलाई सेयर बजारको भिलेनको संज्ञा दिन थालेका छन् । बितेका तीन महिनामा नेप्से ८ सय अंकभन्दा बढी घटिसकेको छ । नेपाल राष्ट्र बैंकले २०७८/०७९ को मौद्रिक नीतिमा सेयर बजारमा ४/१२ को सीमारेखा कोरेको थियो । यसले गर्दा नै सेयर बजारको यस्तो अवस्था आएको सरोकारवालाहरू बताउँछन् ।
मौद्रिक नीति जारी भएपछि घटेको नेप्सेलाई मौद्रिक नीतिको त्रैमासिक समीक्षामा ४/१२ को क्याप हटाउँछ भन्ने वा यसलाई परिमार्जित गर्ला कि भनेर हेर र पर्खको अवस्थामा रहेका लगानीकर्ताहरूलाई मौद्रिक नीतिको समीक्षामा ४/१२ को क्याप नहटाउँदा सेयर बजार लगातार तल गएको तर्क छ । विगतमा माओवादीको द्वन्द्वको समयमा र त्यसैगरी विद्वान् डा. बाबुराम अर्थमन्त्री हुँदा सेयर बजारलाई जुवा भनेको बेला र त्यसैगरी विद्वान् अर्थशास्त्र बुझे–जानेका डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा सेयर बजारलाई अनुत्पादक क्षेत्रभन्दा पनि सेयर बजारमा अहिलेको जस्तो अवस्था आएको थिएन ।
त्यसैगरी वर्तमान अर्थमन्त्री पनि सेयर बजारप्रति जानकार नभएको र सेयर बजारप्रति सकारात्मक नभएको जस्तो पनि देखियो । त्यसो त कम्युनिस्टका अर्थमन्त्रीहरू सेयर बजारका लागि अफाप नै भएको देखिन्छन् । कम्युनिस्टहरू अर्थमन्त्री हुँदा सेयर बजारले लय समाउन सकेन । जसले जे भने पनि ब्याजदरको कुरा उठे पनि तरलताको कुरा उठे पनि ३२ सय अंक पार गरिसकेको नेप्से २४ सय अंकमा घट्नुमा ४/१२ को सीमारेखामात्र नभइ कम्युनिस्टका अर्थमन्त्रीका कारणले नै भएको मान्नुपर्ने हुन्छ । त्यसो त सेयर बजारको अहिलेको अवस्था आउनमा नेपाल राष्ट्र बैंकको गभर्नर पनि दोषी रहेको कतिपयको भनाइ छ ।
नेप्से उकालो लागिरहेका बेला नेपाल राष्ट्र बैंकले ४/१२ को सीमारेखा कोर्नु नै गलत नियत हो भन्नेहरू पनि नभएका होइनन् । कतिपयको भनाइमा नेपाल राष्ट्र बैंकका गभर्नर सेयर बजार उकालो लागेको हेर्न नचाहेको हो भन्ने पनि छ । त्यसो त कतिपयको भनाइमा नेपाल राष्ट्र बैंकले ४/१२ को क्याप नहटाएकाले केही सेयर बजारका नामी–नामी खेलाडीहरूले गभर्नरसँगको रिस साँध्नका लागि सेयर बजारमा चलखेल गरिरहेको भन्ने बुझाई पनि रहेको छ ।
साथै ४/१२ को क्यापले भविष्यमा सेयर बजारका लागि राम्रो हुने दाबी गर्ने पनि कतिपय छन् । यदि सेयर बजारका लागि राम्रो भए पहिले नै किन ल्याएन त, नेप्से ३२ सय अंक पार गर्दा नै किन ल्याउनुप¥यो भनेर प्रश्न भने नभएको होइन । सरकार र नियामक निकायहरूले नीति–नियमहरू गलत समयमा ल्याउँदा त्यसले बजारमा नकारात्मक असर पर्ने गर्छ ।
पछिल्लो समयमा सेयर बजारमा गलत समयमा नयाँ नियम आएको प्रमाणित पनि हुने देखिन्छ । सरकार र नियामक निकायहरूले नीति–नियम निर्देशन जारी गर्दा सही समय बजारको वस्तुस्थितिलाई हेरेर मात्र ल्याउनुपर्ने देखिन्छ भने नियामक निकायहरूले पनि लगानीकर्ताहरूको जायज मागलाई सम्बोधन गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा ४/१२ को सीमारेखालाई मोड्छ भन्ने अधिकांश लगानीकर्ताहरूको आशा–भरोसा विश्वास थियो । तर, नेपाल राष्ट्र बैंकले आफनो नीति परिवर्तन गरेन । यसले सेयर बजारले ठूलै नोक्सानी बेहोर्नुप¥यो ।
कतिपय सेयर बजारका जानकारहरू सरोकारवालाहरूको भनाइमा ४/१२ लाई परिमार्जित गरेर लगानीकर्ताहरूलाई राहत दिन सकिन्छ । तर, ४/१२ कै मात्र कारण बजार घटेको भनेर प्रमाणित गर्न पनि कसैले सकेका छैनन् । झन् पछिल्लो समयमा सेयर बजारका नियामक निकायहरूमा सही व्यक्ति नपरेको जस्तो पनि देखिन्छ ।
सेबोनको अध्यक्ष र नेप्सेको प्रमुख अनियमिततामा परे भने अहिले नेपाल राष्ट्र बैंकको गभर्नर पनि सेयर बजारप्रति नकारात्मक ने रहेका आरोप छ । जसका कारण सेयर बजार ओरालो लागेको हो । नियामक निकायहरूको नीति–नियम, निर्देशनका साथसाथै सेयर बजारमा हुने गरेको चलखेलले पनि लगानीकर्ताहरूको आत्मबल कमजोर हुन गएको हो र आत्तिएपछि नेप्से घटेको पनि हो । झन् डराएर हतारमा सेयर बेच्नुलेसेयर बजार ओरालो लागेको हो । तर, यसको दोष भने ४/१२ को क्यापलाई दिइएको छ ।
त्यसो त बेलाबेलामा सेयर बजारमा प्रहार भने भइ नै रहेको हुन्छ । कहिले नियामक निकायहरूले, कहिले देशका अर्थमन्त्री बन्नेहरूको भनाइ, कहिले राजनीतिक खिचातानी, कहिले निर्वाचन, कहिले सरकार परिवर्तन, कहिले देशमा हुने गरेको आन्तरिक कलह, कहिले अर्थमन्त्री परिवर्तन, कहिले हल्लाले, कहिले राजनीतिक अन्योलताले र कहिले सेयर बजारमा हुने/गर्ने चलखेलले सेयर बजारमा असर गर्ने गरेका छन् । त्यसो त सेयर बजारमा नेप्से घट्ने÷बढ्ने भनेको सामान्य हो, यो घटबढ भइरहन्छ ।
तर, कतिपय अवस्थामा सेयर बजारमा चलखेल गरेर अस्वाभाविक रूपमा सेयर बजारलाई घटाउने बढाउने गर्ने गरेका पनि छन् । त्यसो त सेयर बजारका नियामक निकायहरू, सरकार, अर्थमन्त्री सेयर बजारप्रति इमानदार, जवाफदेही, उत्तरदायी, जिम्मवार, सेयर बजारप्रति नकारात्मक भइरहे पनि लगानीकर्ताहरू सजग, सचेत, जागरूक हुनुपर्छ ।
सेयर बजार भनेको जोखिमको व्यवसाय पनि हो भन्दा फरक नपर्ला । सेयर बजारमा सधैं फाइदा मात्र हँुदैन, घाटा पनि हुने गर्छ । यस कारणले सेयर बजारमा लगानी गर्दा सेयर बजारसम्बन्धी जानकारी लिएर मात्र प्रवेश गर्नुपर्छ र हल्लाको भरमा अरूको देखासिकी गरेर सेयर बजारमा प्रवेश गर्नु हुँदैन ।
त्यसो त पछिल्लो समयमा सेयर बजारमा प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ भन्दा पनि फरक नपर्ला । डिम्याट खातामा आबद्ध हुनेहरू नै ४७ लाख नाघिसकेको सरोकारवालाहरू बताउँछन् । सेयर बजारप्रति आमनागरिकको आकर्षण बढेकोलाई सकारात्मक मान्नुपर्छ । सेयर बजार भनेको अर्थतन्त्रको एउटा पाटो हो । यस कारणले पनि सेयर बजारलाई विकास–विस्तार गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्