पर्यटन चलायमान बनाउँदै सडक महोत्सव «

पर्यटन चलायमान बनाउँदै सडक महोत्सव

कोभिड–१९ का पर्यटन व्यवसाय ठप्प छ । सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड–१९ को महामारी कहिले अन्त्य हुन्छ त्यसको कुनै आकलन गर्न सकिने अवस्था छैन । सरकारले यस वर्ष पनि बजेटमार्फत नै उद्योगी–व्यवसायीलाई राहत पुग्ने नीति तथा कार्यक्रम ल्याएको छ, तर त्यसको कार्यान्वयनमा भने शंका व्यक्त गर्दै आएका छन् ।
बर्सेनि राजस्व उठ्ने तर बजेट खर्च नहुने रोगका कारण नेपालमा स्रोतको ठूलो अभाव छैन भने कोरोनाको सबैभन्दा ठूलो असर परेको सेवामूलक क्षेत्र र त्यसमा पनि पर्यटन तथा सेवामूलक क्षेत्रमा पाएको आर्थिक प्याकेजको कार्यान्वयनमा शंका गर्दै आएका छन् । त्यसै पनि भ्रमण वर्षका कारण बढी नै लगानी भएको यो क्षेत्र बढी जोखिममा छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६० प्रतिशत हिस्सा रहेको सेवा क्षेत्रप्रतिको सरकारी व्यवहारले सिंगो निजी क्षेत्र निराश देखिन्छ । त्यसो त जीडीपीमा रिटेल तथा होलसेलले हिस्सा १५ प्रतिशत छ भने ट्रान्सपोर्ट, कम्युनिकेसन र स्टोरेज ८ प्रतिशत छ । यस्तै, रियल इस्टेट र रेन्टिङको १२ प्रतिशत हिस्सा छ । २३औं पोखरा सडक महोत्सव यही १५ पुसदेखि १७ पुससम्म आयोजना हुँदै छ ।
प्रत्येक वर्ष नयाँ अंग्रेजी महिनामा पोखरामा सडक महोत्सव हुँदै आएको छ । यसले आन्तरिक पर्यटकको गतिविधि बढेर आर्थिक क्षेत्र चलायमान बन्ने आकलन गरिएको छ । काठमाडौं, चितवन, पोखरामा गरी २५ सयभन्दा बढी रेस्टुराँ रहेका छन्, जसमा ५० हजारदेखि ६० हजारले प्रत्यक्ष रोजगार पाएका छन् ।
न्यून रूपमा आय भए पनि दैनिक ३० हजार आय गर्दै आएका थिए । कारोबार रकमको ३५ देखि ४० प्रतिशत खाद्यान्नमा, घरबहालमा १५ देखि २० प्रतिशत खर्च हुने गरेको अवस्था रहेको छ । रेस्टुराँ बन्द भएपछि खाद्यान्न खरिद गर्नुपर्ने भएन, तर श्रमिकको र घरबहाल व्यवस्थापन भने मुख्य समस्या छ ।
रेस्टुराँ दुई प्रकारका छन्, एक आन्तरिक पर्यटनमा निर्भर रहेका करिब ६० प्रतिशत रेस्टुराँ र अर्का बाह्य पर्यटकमा निर्भर रहेका करिब ४० प्रतिशत रेस्टुराँ छन् । पछिल्लो समय बाह्य पर्यटक गतिविधि बढेर तत्काल नजाने भएकाले गर्दा आन्तरिक पर्यटकबाट नै पर्यटकीय गन्तव्यका होटल तथा रेस्टुराँ धान्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
रेस्टुराँ दुई प्रकारका छन्, एक आन्तरिक पर्यटनमा निर्भर रहेका करिब ६० प्रतिशत रेस्टुराँ र अर्काे बाह्य पर्यटकमा निर्भर रहेका करिब ४० प्रतिशत रेस्टुराँ । आन्तरिक पर्यटकमा निर्भर रहेका रेस्टुराँ विस्तारै सञ्चालनमा आउने अवस्था देखिन्छ भने बाह्य पर्यटकमा निर्भर रहेका रेस्टुराँहरूमा दीर्घकालीन असर पर्ने देखिएको छ । रेस्टुराँ तथा बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा हुन लागेको पोखरा महोत्सव–२०२२ को सन्दर्भमा सडक महोत्सवको तयारीका बारेमा केन्द्रित रहेर कारोबारले गरेको कुराकानीको सार :

‘सडकमै खाऊँ, सडकमै रमाऊँ’
लक्ष्मण बराल
अध्यक्ष, (रेवान) पोखरा

२३औं पोखरा सडक महोत्सव २०२१/२२ यही पुस १५ देखि १७ गतेसम्म आयोजना हुँदै छ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा बर्सेनि आयोजना हुँदै आएको पोखरा सडक महोत्सवले एउटा छुट्टै गर्विलो इतिहास बोकेको छ ।
दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउँदै आएको पोखरा सडक महोत्सवलाई रेवान पोखराले देशको विभिन्न राजनीतिक अस्थिरता, २०७२ सालको महाभूकम्प, चरम नाकाबन्दीजस्ता समस्याका बाबजुद निरन्तरता दिँदै आएको छ । र, यतिबेला हामी २३औं सस्ंकरणको तयारीमा जुटेका छौं ।
विगतका वर्षहरूमा जस्तै विभिन्न जनसमुदाय, पर्यटन व्यवसायी, सरोकारवालाको निरन्तर सहयोगले २३औं पोखरा सडक महोत्सव पनि सफल हुने हामीले विश्वास लिएका छौं । गत वर्ष कोभिड–१९ को महामारीमा पनि हामीले यो महोत्सव आयोजना ग¥यौं । गत वर्ष २२औं पोखरा सडक महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने दोधारमा रहँदा पनि कोभिड संक्रमणको मध्यनजर गर्दै नौ महिनासम्म थलिएको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिनसम्म सभ्य र सुरक्षित रूपमा सम्पन्न ग¥यौं ।
यसपटक कोरोना संक्रमण गत वर्षभन्दा कम भएको, पर्यटकको चहलपहल बढेको तथा कोरोनाविरुद्धको बृहत् खोप कार्यक्रम पनि सम्पन्न भइसकेको छ । अहिले सिङ्गो पर्यटन व्यवसाय आशावादी बन्दै आए तापनि फेरि अफ्रिकी मुलुकमा देखिएको नयाँ कोरोना भेरियन्टले विश्व जगत्मा नै त्रास पैmलिएको छ ।
ढलेको अर्थतन्त्रले विस्तारै गति लिँदै गर्दा फेरि यो नयाँ भेरियन्टले विश्व नै ठप्प पार्ने हो कि भन्ने प्रश्न सम्पूर्ण जनमानसमा चासोको विषय बनिरहँदा रेवान पोखरा तथा विभिन्न सरोकारवाला निकाय, पर्यटन व्यवसायीहरू यस वर्ष पनि गत वर्षजस्तै पोखरा सडक महोत्सव आयोजना गर्ने निष्कर्षमा पुगेका छौं । यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिनेछ । यसका लागि विभिन्न स्थानमा हेल्थ डेस्क, मास्क तथा स्यानिटाइजरजस्ता सुरक्षाका उपायहरू अपनाइनेछ ।
यस वर्षको २३औं सस्ंकरणको पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै, पोखरा खुल्लैछ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ का रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले पुस १५ गतेदेखि १७ गतेसम्म आयोजना गर्न लागिएको छ ।
‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेशभूषा प्रदर्शन गरी यस कार्यक्रमको शोभा बढाउन आयोजक समितिले विभिन्न किसिमका आकर्षणहरूको व्यवस्था गरेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, ह्विलचियर दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगितात्मक आकर्षणहरूको व्यवस्था गरी आयोजक समितिले महोत्सवलाई भव्य रूपमा सफल पार्ने आशा लिएका छौं । महोत्सव अवलोकनमा आउनेहरूको सहजताका लागि रात्रिकालीन बस सेवाको पनि व्यवस्था गरिनेछ । पोखरा सडक महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन भएको छ । यस वर्षको सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्नेछ भन्ने सबै व्यवसायीहरू आशावादी बनेका छौँ ।

महोत्सवलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउनुपर्छ
गणेशबहादुर भट्टराई
पूर्वअध्यक्ष
पोखरा पर्यटन परिषद्
विगत दुई दशकबाट पोखरा सडक महोत्सव निरन्तर सञ्चालन हुँदै आएको छ । अबका दिनमा भने पोखरा सडक महोत्सवलाई परिष्कृत गर्दै लानुपर्ने समय आएको छ । नेपाल पर्यटन बोर्डले महोत्सवको प्रवद्र्धन गर्दै आएको छ । अब भने महोत्सवको राष्ट्रियस्तरमा मात्र प्रवद्र्धन गरेर पुग्दैन, अन्तर्राष्ट्रियस्तरमा पनि यसको प्रवद्र्धन हुनु जरुरी छ ।
अन्तर्राष्ट्रियस्तरमा पोखरा सडक महोत्सवको प्रचारप्रसार हुन सकेको खण्डमा विदेशबाट पनि सहभागीहरूको उपस्थिति हुने भएकाले गर्दा महोत्सवको महŒव बढेर जानेछ भने व्यापार वृद्धि भएर आर्थिक गतिविधिसमेत बढेर जानेछ । यस्तो महोत्सवमा सहभागी हुनेले विभिन्न देशको उत्पादन पनि लिएर आउने घरेलु उत्पादनको पनि प्रचार हुनेछ ।
साथै व्यापारवृद्धि भएर विभिन्न देशबीचमा सहकार्यसमेत बढेर जानेछ । यसका लागि भने हामीले उत्पादन गर्ने घरेलु उत्पादनका वस्तुको भने क्वालिटीमा केही अपग्रेड गर्न सकेको खण्डमा नेपाली उत्पादन पनि विदेशी मुलुकमा प्रवद्र्धन गर्न सहज हुन्छ भने अन्तर्राष्ट्रिय उत्पादन पनि नेपालीले हाम्रो देशमा सुलभ मूल्यमा खरिद गर्ने पाउनेछन् ।
यसले गर्दा सोसल हार्माेनीको पनि विकास हुन्छ भने ट्रेड पनि बढेर जानेछ । यसका लागि सरकारका सबै निकायले सहजीकरण गरिदिएको खण्डमा मात्र नेपाली बजारमा विदेशीहरूले हाम्रो महोत्सवमा सहभागिता जनाउँछन् । नेपाली उत्पादनले पनि विदेशी बजार प्राप्त गर्नेछन् । नेपालले नजिकका मुलुकसहितका देशसँगको सहकार्यमा यस्तो महोत्सवमा विदेशीहरूको सहभागिता गराउन सक्ने अवस्था छ । यसरी हामीले गर्ने महोत्सवमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई सहभागिता जनाउन सकिन्छ भने विभिन्न सेलब्रेटीलाई पनि सहभागी गराउन सकिने गरी काम गर्न सकेको खण्डमा पोखरा सडक महोत्सवको महŒव अझ बढेर जानेछ ।
मैले परिषद्को अध्यक्ष भएर काम गर्न पनि माथि भनिएका कुराहरूमा तथा अन्य देशका सहभागीलाई उपस्थिति जनाएर जाने भनिएको भए पनि पछिल्लो दुई वर्षदेखि कोभिड–१९ का कारण रोकिएको र प्रभावित पारेको अवस्था छ । सन् २०२० को सडक महोत्सवमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको थियो, जुन सुरक्षित पनि रहेको थियो । यो वर्ष पनि हामी सबैले खोप लगाएकाले गर्दा सुरक्षित रहने नै छ । तर, कोभिडको अर्काे भेरियन्टका कारण केही त्रास रहेको भए पनि सुरक्षित र स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गरेर मनाउनुपर्ने अवस्था रहेको छ । यसका लागि सबै पक्षको साथ–सहयोगको आवश्यकता रहने नै छ ।
पोखराको जनसंख्या अहिले नै करिब १० लाख नै पुगेको अवस्था छ, अन्य जिल्लाहरूबाट पनि उपस्थिति रहने भएकाले गर्दा ४० हजारसम्म नयाँ आगन्तुक आन्तरिक पर्यटकको उपस्थिति रहने आकलन गरिएको छ । महोत्सवलाई अझ गुणस्तरीय बनाउनका लागि भने हामीले हाम्रो घरेलु उत्पादनलाई अझ व्यवस्थित बनाउनु आवश्यक रहेको छ । उपभोक्ताले पनि सस्तोमा पाएको खण्डमा त्यसको खरिद पनि बढेर जानेछ भने आर्थिक उपार्जन गर्न पनि सहयोग पुग्छ ।
अर्का भनेको यस्तो महोत्सवमा तत्काल बाह्य देशबाट आगन्तुक नआउने भएकाले गर्दा बाह्य देशका उत्पादित वस्तुको बिक्री–वितरण गर्न सकिएको खण्डमा भने अझ राम्रो हुने थियो । यसका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अन्तर्राष्ट्रिय महोत्सवका रूपमा पनि विकास गर्न सकेको खण्डमा महोत्सको महŒव अझ बढेर जाने निश्चित छ । महोत्सवमा कला–संस्कृतिको प्रवद्र्धन गर्न पनि सकिन्छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्र नै धराशायी भएको अवस्था छ । होटल, रेस्टुराँ सबै क्षेत्र बन्द भएसँगै नेपालको पर्यटन क्षेत्रमा समस्या उत्पन्न भएको अवस्था छ । अब भने केही पर्यटन क्षेत्र पुनरुत्थान हुने क्रममा पनि छ ।

सडक महोत्सवको ब्रान्डले आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ
काशीराज भण्डारी
नेपाल पर्यटन बोर्ड
गण्डकी प्रदेश प्रमुख

पोखरा सडक महोत्सवको २३औं संस्करण हो । ‘सडकमा नै खाऊँ, सडकमा नै रमाऊँ’ भन्ने नाराका साथ रेवानले सडक महोत्सव गर्दै आएको छ । ११ जिल्लाबाट नै मौलिक संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेशभूषा, झाँकीसमेत प्रदर्शन गरिनेछ । विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने भएकाले गर्दा सबै वर्गलाई महोत्सवले आकर्षित गर्ने गरेको छ ।
यसै समयमा पामे फिल्म फेस्टिबल पनि हुँदै छ । विगत लामो समयदेखि नै सडक महोत्सव भएकाले यसको आफ्नै छुट्टै महŒव रहेको छ, नेपाल पर्यटन बोर्डले भने यसको प्रवद्र्धनात्मक कार्यक्रम गर्ने गरेको छ ।
अंग्रेजी नयाँ वर्षमा महोत्सव आयोजना हुने भएकाले गर्दा आन्तरिक तथा बाह्य दुवै पर्यटकको आकर्षणको केन्द्र महोत्सव हो । महोत्सवमा मनोरञ्जन तथा खानाको विभिन्न परिकारको सडकमा मेला लाग्ने भएकाले गर्दा पनि ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना अगाडि सरिएको छ । महोत्सवमा हामीले प्रवद्र्धन मात्र गर्ने गरिएको छ ।
यसो गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि महोत्सवले ध्यान तान्न सफल भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने भएकाले होटल तथा रेस्टुराँ र पर्यटकीय गन्तव्यमा भीड लाग्ने गरेको छ । यसले गर्दा आर्थिक उपार्जन पर्यटन उद्योगको आयाम सुधार आउने गरेको छ । कोभिडका कारण गत वर्षमा धेरैको उपस्थिति नरहेको भए पनि यस वर्ष भने उल्लेख्य उपस्थिति रहने अनुमान रहेको छ । पोखरामा सडक महोत्सव ठूलो आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने कार्यक्रमको रूपमा विकास भइरहेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारलगायतका प्रतियोगिता हुनेछन् । यसले गर्दा यहाँको आन्तरिक बजार पनि चलायमान बन्ने गरेको छ ।
अंग्रेजी नयाँ वर्ष दिन (१५ पुसदेखि १७) पोखरामा ‘सडक महोत्सव’ हुनेछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) को आयोजनामा लेकसाइडस्थित फेवा किनारमा २३औं सडक महोत्सवको औपचारिक कार्यक्रम नै गरेर महोत्सवको शुभारम्भ हुँदै छ ।
सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा व्यवसायीको छ । सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने अनुमान छ । महोत्सवमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै विभिन्न कार्यक्रम हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्