वल्र्डलिंकको ६ सय एमबीपीएस गतिको इन्टरनेट सेवा «

वल्र्डलिंकको ६ सय एमबीपीएस गतिको इन्टरनेट सेवा

वल्र्डलिंकले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट ल्याएको छ ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक भएको र नेपालमै ठूलो गतिको इन्टरनेट समेत ल्याएको कम्पनीको दावी छ । उच्च गतिको इन्टरनेटको मूल्य समेत सुपथ नै हुने कम्पनीले जनाएको छ ।
कम्पनीले वल्र्डलिंकको इन्टरनेटको न्यूनतम गति नै कम्तिमा पनि १५० एमबीपीएस रहेन जानकारी गराएको छ । ६ सय एमबीपीएस गतिको इन्टरन नोकिया बेकन ३.० राउटर प्रयोग हुने कमपनीले जनाएको छ ।
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक एक हजार २०० रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् । १५० एमबीपीएससहित २२५ एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ । उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्न निकै सहज हुने कम्पनीको अपेक्षा छ ।
वल्र्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुनसक्ने छन् । यसका लागि डुअल व्याण्ड भएको राउटरमात्रै आवश्यक पर्नेछ । यो योजनाले इन्टरनेट सेवाग्राहीको वाइफाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्