दसैं तिहार योजनाका विजेताको घोषणा
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं तिहार स्किमका विजेता घोषणा गरेको छ ।
यस योजनामा स्क्रयच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनाले एक लाख रुपैयाँ उपहार तथा बम्परमा १ जनाले १५ लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । यसका साथै यस योजनाअन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी होण्डा बिगबाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्ने बताइएको छ ।