बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर पारित «

बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर पारित

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २७औं वार्षिक साधारणसभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले हाल ९१ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्