सानिमा माईको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम «

सानिमा माईको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित २२ मेगावाट क्षमताको सानिमा माई जलविद्युत् आयोजनाको सफलतापूर्वक सञ्चालनको चौथो वार्षिक उत्सव मनाएको छ । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित २२ मेगावाट क्षमताको सानिमा माई जलविद्युत् आयोजनाको सफलतापूर्वक सञ्चालनको चौथो वार्षिक उत्सव मनाएको छ । माई नगरपालिका मेयर दिपक थेवेको उपस्थितिमा इलामस्थित विद्युत्गृहको प्रांगणमा स्थानीय बासिन्दासहित विभिन्न कार्यक्रमसहित वार्षिक उत्सव मनाएको हो ।  प्रत्येक वर्ष स्थानीय बासिन्दासँग मनाउँदै आएको शुभकामना आदानप्रदान कार्यक्रम यस वर्षबाट वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर स्थानीय बासिन्दाको समुपस्थितिमा विविध कार्यक्रमसँगै मनाउने प्रचलन सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्षको वार्षिक उत्सव कार्यक्रम नेपाल रेडक्रस, दानाबारीसँग मिलेर रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका कर्मचारी र स्थानीय बासिन्दाले रक्तदान गरेका थिए । माई जलविद्युत् आयोजनाले २०७१ फागुन १४ गतेवाट व्यावसायिक उत्पादनको सुरुवात गरेको थियो भने ७ मेगावाटको माई क्यास्केड आयोजनाले २०७२ माघ २९ गतेबाट व्यावसायिक उत्पादनको सुरुवात गरेको थियो । सानिमा माईले आफ्ना यी आयोजनाबाहेक सानिमा हाइड्रो समूहका निर्माणाधीन अन्य ३ आयोजनामा १ अर्बभन्दा बढी लगानी गरिसकेको छ भने २ सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोरमा करिब ५० करोड़ लगानी गर्ने तयारी पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्