सम्मृद्ध बन्दै चामुण्डा विन्द्रासैनी «

सम्मृद्ध बन्दै चामुण्डा विन्द्रासैनी

नगरपालिकाले नेपालमै आयमूलक जैविकमैत्री हरियाली सडक निर्माणको अवधारणा अघि बढाएको छ । जंगललाई आयमूलक जंगल बनाउन केरा, आँप सडकको छेउछाउमा अम्रिसो डाले घाँस फलपूmल लगाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नगरपालिकाबाट दूधसमेत निर्यात हुने गरेको छ ।

जिल्लाको दुर्गम नगरपालिका मध्यको एक हो चामुण्डा विन्द्रासैनी नगरपालिका । प्रतिनिधिसभा सदस्य, प्रदेश सभासदस्य, सभापति, योजना आयोगदेखि जिल्ला हुँदै केन्द्रीय स्तरका नेता कार्यकर्ताको बाहुल्यता रहेको यस नगरपालिकामा नेता भएर पनि विगतमा विकास हुन नसकेको स्थानीयको मन्थनमा पथ्र्याे । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली कांगे्रस, नेकपा पार्टीका ठूल–ठूला नेता छन् । तिनै नेताबाट दैलेख जिल्लाको राजनिति कतातिर जान्छन् भन्ने कुराको छिनोफानोसमेत चामुण्डा विन्द्रासैनी नगरपालिकाबाटै हुने गर्छ ।
तर, विडम्बना नै मान्नुपर्छ । नेता भए पनि नीति कार्यान्वयन हुन नसक्दा नगरवासीले शान्ति सुरक्षा, दिगो विकासको समेत विगतका दिनमा कल्पना सकेका थिएनन् । चामुण्डा विन्द्रासैनीमा हुने दिनहुँ अपराधिक गतिविधी र कुप्रथा कूरीति र कुसंस्कारले गर्दा निति बनाउने नेता माथि नै प्रश्न आउने गरेको थियो । ‘नेता त हुनुहुन्छ, नीति कहिले कार्यान्वयन हँुदैन ।’ आफू असलभन्दा पनि सफल कसरी हुने सोचाइले गर्दा जनताका समस्या जिउका त्युँ थिए ।
देशमा संघीयतासँगै सिंहदरबार गाउँमा आएपछि नगरवासीले बल्लतल्ल विकासको मुख देख्न पाएका छन् । विकास भन्ने वित्तिकै मुख मिठ्याउने जनता आफ्नो विकास आफंै गर्न थालेपछि एकातिर गाउँमा विकास भएको छ भने अर्कोतिर रोजगारीका अवसर प्राप्त गरेका छन् । भारतको मुग्लान, कालापहाड र खाडीमुलुकमा जाने युवाहरूको संख्यामा कमी आएको छ ।
पछिल्लो समयमा जिल्लाका ११ वटै स्थानीय सरकारको तुलनामा विकास निर्माणले चामुण्डा विन्द्रासैनी नगरपालिका अग्रस्थान छ । सक्षम र जनप्रिय नेतृत्वले गर्दा आम नागरिकले सुविस्ता पाएको नगरबासीको भनाइ छ । तर, विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा चामुण्डा विन्द्रासैनी नगरपालिकाले सावधानी अपनाउँदै विकास निर्माणका कामलाई पूर्णविराम लगाएन । कामले निरन्तरता पाइरह्यो । नगरपालिकामा कोरोना महामारीले त्यति प्रभाव परेन । कोरोनासँग सावधानी अपनाउँदै बच्नका लागि नगरपालिकाले स्वास्थ्यकर्मी, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, सुरक्षा प्रमुख, विद्यालयका प्रधानाध्यापकहरू तथा नगरका जनप्रतिनिधिका बीचमा बृहत् अन्तरक्रिया गरी कार्ययोजना बनाउँदा जोखिम हटेको नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकामा ५० जना स्वयंसेवक परिचालन गरी स्वास्थ्य सामग्री वितरण तथा जनचेतना जगाउन घरदैलो अभियान थाल्यो । ‘जनप्रतिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरूलाई जिम्मेवारी तोकेर परिचालन गरिदा कोरोनाबाट जनताले सर्तकता अपनाए’ नगरप्रमुख शाहीले भने, ‘हामीले नगरवासीहरूलाई व्यवस्थित ढंगले एलोपेथिक र आयुर्वेदिक औषधीको प्रयोगसँगसँगै योगा र खानपानलाई विशेष ध्यान दिन लगायौं, हामी र हाम्रा नगरबासी सुरक्षित भयां ।’

‘आऊँ खाऊँ र लिएर जाऊँ’
नगरपालिकाले गत वर्षमा ‘आऊँ खाऊँ र लिएर जाऊँ’ भन्ने अभियान स्वरुपनै २२ हजार मेलका बिरुवामा कलमी गरी नासपाती उत्पादनको तयारी थाल्यो । सार्वजनिक जग्गा अधिकरण गरेका व्यक्तिलाई हटाएर २९ प्रतिशत जंगललाई ४२ प्रतिशत पु¥याएको छ । चालू आर्थिक वर्षमा ८ हजार चिउरीका बोट वृक्षरोपण गरेको छ । जंगललाई हराभरा बनाउन नगरपालिकाले आफ्नै नर्सरी बनाएको छ ।
नगरपालिकाले १ हजार ८ सय पिपल वर रोप्ने नीतिलाई कार्यान्वयन गर्न १ हजार ५ सय बरपिपलका बोट वृक्षरोपण गरेको चामुण्डा विन्द्रासैनी नगरपालिकाले जनाएको छ । ‘हाम्रो नगरपालिकाले ‘आँऊ, खाँऊ र लिएर जाँऊ’ वृक्षरोपणसँगै अगाडि बढाएको छ’, नगर प्रमुख शाहीले भने, ‘वृक्षरोपण विभिन्न जातका फलफुल रोपिएको छ, ती फलफूलबाट जाम, जेरी, जुस बनाएर बिक्री गरी आर्यआर्जन गर्ने योजना रहेको छ ।’ राष्ट्रिय स्तरमै चर्चा गर्न लायक काम हामीले शुरुवात गरेर वन वातावरण गर्न लागेको नगरप्रमुख शाहीले बताए ।
नगरपालिकाले जनप्रतिनिधि जनताका मात्र होइनन । बोट बिरुवा, पशुपन्छीका चौकीदार हुन् भन्ने नाराका साथ ‘एक जनप्रतिनिधि एक संरक्षित जङ्गल’ घोषणा गरेर कार्यविधि र ऐन ल्याएर कार्यान्वयन गरिरहेको छ । छाडा छोड्ने पशुचौपायालाई नियन्त्रण गरी ९० प्रतिशत जति छाडा पशुहरू व्यवस्थापन गर्न सफल भएको छ भने जंगली जनावर र जलचरलाई संरक्षण गर्दै आएको छ ।
एक वडा एक नर्सरीको नीति आत्मसाथ गर्दै वडा नम्बर १ मा ओखर नर्सरी, वडा नम्बर –४ मा एवोकाडो नर्सरी, वडा नम्बर–८ मा सिट्रस जातका कागतीलगायत फलफूलको नर्सरी, वडा नम्बर ७ मा वर, पीपल, चिउरीलगायतका अन्य रैथाने बोट बिरुवाहरूको उत्पादन तथा बिक्री वितरणको भइरहेको छ । जिल्लाका अन्य स्थानीय सरकारले अन्य ठाउँबाट बोटविरुवा र फलफुल खरिद गरिरहेको बेला चामुण्डाले आफैंले नर्सरी बनाएर सार्वजनिक स्थलमा लगाउने र संरक्षण गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत तिलकबहादुर विकले बताए । नगरपालिकाले गौरव गर्नुपर्ने थु्रपै काम गरेको छ । एकातिर रोजगारी दिएको छ भने अर्कोतिर विकास निर्माणका काममा पनि धमाधम हुँदै गएका छन् ।
नगरपालिकाले नेपालमै आयमूलक जैविकमैत्री हरियाली सडक निर्माणको अवधारणाका साथ अघि बढाएको छ । जङ्गललाई आयमूलक जंगल बनाउन केरा, आँप सडकको छेउछाउमा अम्रिसो डालेघाँस फलपूmल लगाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नगरपालिकाबाट दूधसमेत निर्यात हुने गरेको छ, अधिकृत भने । माध्यमिक तहका विद्यालयहरू सबै भौतिक पूर्वाधारले सम्पन्न हुँदैछन । रैथाने बिउ विजनको सङ्कलन केन्द्र बनाई तिनको संरक्षण र प्रवद्र्धनमा नगरपालिका काम सञ्चालन गरेको छ ।
प्रत्येक वडामा शहरी स्वास्थ्य क्लिनिक खोली कर्मचारी व्यवस्थापन गरेर ज्येष्ठ नागरिक, अपाङ्गता, गर्भवती महिला, नवजात शिशुलाई घरदैलोमा स्वास्थ्य परिक्षण तथा परामर्श दिने काम नगरपालिकाले गरिहेको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूले घर आँगनमा जडिबुटी लगाउने अभियान समेत सञ्चालन गरिएको वडा नम्बर ८ का वडाअध्यक्ष वीरबहादुर शाहीले बताए । ‘हामी जनप्रतिनिधीले नगरपालिकाको सभाले निर्णय गरेको कामको कार्यान्वयनअन्र्तगत घर आँगनमा जडीबुटी रोपेका छौं ।’ वडा अध्यक्ष शाहीले भने, ‘आगामी दिनमा यस अभियानलाई बृहत रूपमा अगाडि बढाइनेछ ।’

प्रतिबद्धता कार्यान्वयन गरिँदै
चुनावताका जनतालाई आश्वासन दिएको प्रतिवद्धता अनुसार नै नगरपालिकामा काम शुरु गरिएको नगरप्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकाले वडा कार्यालय र माध्यमिक तहका विद्यालयहरूमा सडक सञ्जाल जोडेको छ । चामुण्डा माध्यमिक विद्यालयलाई नमुना माध्यमिक विद्यालय घोषणा गरिएको छ भने चामुण्डा नमुना माध्यमिक विद्यालयमा ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरिएको छ । शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशमै नमुनायोग्य कार्य भइरहेको छ । पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गरी प्रकाशन गर्ने तयारी भईरहेको छ । कर्णाली प्रदेशमै पहिलो पटक विद्यालयमा बाल शिक्षा व्यवस्थित गर्ने चामुण्डा विन्द्रासैनी नगरपालिका नै हो ।

तत्कालिन चुनावताका हामीले हाम्रो घोषणापत्रअनुसार वडा नं. १ को पुनडाँडा,भोटेको चौतारामा बसपार्क र साँङ्घेतडादेखि पाल्तसम्मको सडकलाई नगरको रणनैतिक महत्वको रुपमा लिएकोले काम तीव्र गतिमा निर्माण भइरहेको छ । संघिय सरकारको सहयोगमा नगरपालिकाले झन्डै १ किलोमिटर सडक कालोपत्रे गरेको छ । ‘नगरपालिकामा शान्ति सुरक्षाको अवस्था अहिले जस्तो छ त्यस्तो विगतमा थिएन’ नगर प्रमुख शाहीले भने, ‘मदिरा सेवन गरेर र गुण्डागर्दी गर्नेहरूको विगविगी थियो त्यो अहिले शून्य अवस्थामा झरेको छ । मानिसहरूले शान्तसँग हिँडडुल गर्न र आफ्नो दैनिक कामधन्दा गर्न पाएका छन् ।’ ३२ लाख २८ हजार १९० रकमको लगानीमा नगरपालिका प्रहरी चौकीको पक्की भवन बनाएको छ । भवनमा कार्यालय, व्यारेक र मेस प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था छ । जिल्लाकै अधिकांश प्रहरी चौकी भाडामै छन् । तर, नगरपालिकाले स्थानीय सरकारको लगानीमा पहिलो पटक प्रहरी चौकीको पक्की भवन निर्माण गरि प्रहरी चौकीलाई हस्तान्तरण गरिसकेको छ । इन्टरलट इट्टा, कुखुराको दाना उद्योग नगरपालिकामा सञ्चालन छन भने नगरपालिकाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दूधसमेत निर्यात हुने गरेको छ ।

प्रदेशकै ठूलो नगरपार्क निर्माण
कर्णाली प्रदेशकै सबैभन्दा ठुलो नगर पार्क निर्माण चामुण्डाविन्द्रासैनीमा निर्माणधिन छन । २ सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्कको ३ किलोमिटरको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ । पार्कको वरिपरि केतुकी, भित्री भागमा कुइयाँसी, गुलाव रोपिएको छ । पार्कलाई नेपालकै मौलिक जैविक पार्कका रूपमा निर्माण गर्ने लागेको नगरपालिका लागि परेको नगरप्रमुख सूर्यबहादुर शाहीले बताए । साँस्कृतिक आस्थालाई पनि पर्यटक भित्रयाउने उद्देश्यले १ हजार ५२० किलोग्रामको घण्ट र स्थानीय कालीगढबाट ९ फिट अग्ला तरबार बनाईएका छांै, चालू आर्थिक वर्षमा संग्रहालय बनाउने कामसम्पन्न लागि लागिपरेका छौं नगरप्रमुख शाहीले थपे ।
त्यसैगरी १५ शय्याको अस्पताल स्वीकृत भई भर्खरै १ करोडको टेण्डर बोलपत्र आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्रमा १५ शय्याको अस्पतालको घोषणा गरेका थियौं त्यो पूरा भएको छ । हामीले खानेपानीका क्षेत्रमा मुझुवा खानेपानीका अलावा कर्णाली प्रदेशकै ठूलो लिफ्ट खानेपानी आयोजना सुुरु गरिएको छ । सो आयोजनामा केही दिन अगाडी नगरपालिकाले खरिद ऐनविपरीत गई आफन्तलाई ठेक्का पट्टा दिएको आरोपसमेत नगरपालिकाले खेप्नु परेको छ । दाबी विरोध समय नसकिएकाले केही विकास विरोधीहरूले मिडियाबाजी गरेको नगरप्रमुख शाहीको आरोप छ । राम्रोलाई राम्रो भन्न नसक्ने मनोविज्ञानलाई नगरपालिकाले पहिलो समस्याका रुपमा अगाडी सारेको छ । सिंहदरबार गाउँमा आए पनि अनुभव, साधन, स्रोत, कर्मचारीको अभाव छ । स्रोत साधन कम छ, जनताका आशा धेरै छन् । स्थानीय तहलाई काम गर्नका लागि ठोस बजेटको कमी छ । तर, पनि निराश होइन धेरै पाटाहरू आशावादी हुने ठाउँ देखिएको छ ।
२०४६ देखियता बहुदल भनेकै बिरोध गर्ने परम्परा एक अर्काबाट सिक्ने र सिकाउने परिणाम अहिले लोकतान्त्रिक गणतन्त्रमा यो नै मुख्य समस्या र चुनौती बनेको छ । विगत वर्षमा पनि नगरपालिकामा भौतिक पूर्वाधारमा १०–१२ करोड बजेट विनियोजित गरेको छ । कोल्ड स्टोर बनाउन १४–१५ करोड खर्च लाग्छ, एउटा बाटो बनाउन अरब रकम लाग्छ, विद्युतीकरणको कामलाई अगाडि बढाउन १०–१५ करोड लाग्छ, अस्पताल बनाउन ८–१० करोड खर्च लाग्छ । नगरबासीको चाहना रकेट स्पिड विकास खोजिरहेको छ भने हामी रेलको गतिमा नहुँदा केही व्याक्तिमा निराशा पनि उत्तिकै छाएको नगरप्रमुख शाहीको भनाइ छ ।
जनतालाई हामीले महत्वाकाँक्षी बनाउँदा संयन्त्र, अभ्यास, पद्धतिको विकास गर्न सकिरहेका छैनौं । यी चुनौतीहरू हुन् तर नेपालीहरूको साथ दिने परम्परा छ । हामीले चालेको अभियानमा पनि जनताले साथ दिएका छन् । यस्ता खालका समस्या र चुनौतीहरू आम रूपमा नेपालमै छन् । समस्याहरू समयक्रमसँगै सुल्झिँदै जाने । निराश होइन धेरै पाटाहरू आशावादी हुने ठाउँ छ । मलाई यो समस्याभन्दा पनि सहजताका साथ काम गरिरहेको महशुस गरिरहेको नगरप्रमुख शाहीको भनाइ छ ।
नगरपालिकामा सन्तुलित विकास भएको नगरपालिकाका जानकार बताउँछन् । कुनै चिजलाई पनि इन्कार गर्न नसकिने हुँदा नगर कृषि, शिक्षा,स्वास्थ्य यातायात, खानेपानी प्राथमिकतामा राखेका नगरबासी रणबहादुर खड्काले बताए । सामाजिक कुराहरूभन्दा व्यक्तिगत कुराहरूलाई महत्व दिने आत्मकेन्द्रित हुने समस्या छ । सार्वजनिक विकास जति भए पनि व्यक्तिगत हिसाबले मानिस केहि पाएन भन्ने प्रवृत्तिलाई त्यागी समाजिक विकासमा सवैको साथ सहयोग आवश्यक रहने उनको भनाइ छ ।
फोटो ः चामुण्डा विन्द्रासैनी नगरपालिकामा पार्क स्थलमा निर्माण गरिने भ्यू–टावरको डिजाइन् ।

प्रतिक्रिया दिनुहोस्