अनलाइन व्यापारको भविष्य देखेर अगाडि बढेका हौं «

अनलाइन व्यापारको भविष्य देखेर अगाडि बढेका हौं


संकटलाई अवसरमा बदल्दै मोसफलबाट सुरु भएको व्यवसाय वरदान स्टोर हो । कोभिड–१९ का कारण बन्द रहेको समयमा पनि अनलाइन व्यवसायमा जोड दिँदै लकडाउनको अवधिमा सुरु भएको वरदान अनलाइन स्टोरले पोखरामा खाद्यान्नदेखि अत्यावश्यक वस्तुको होम डेलिभरीमार्फत सेवा प्रदान गर्दै आएका छौं । करिब १० लाख रुपैयाँको लगानीबाट सुरु गरेको यो व्यवसायामा हामीले हाल चितवनमा समेत शाखा विस्तार गरेर करिब डेढ करोडको लगानी गरेका छौं ।
हामी दुई जना (वैभव पौडेल र म) मिलेर अनलाइन व्यापारको भविष्य देखेर अगाडि बढेका हौं । सोहीअनुसार मौफसलमा सेवा तथा सुविधा प्रदान गर्दै आएका छौं । मोफसलमा हामीले ग्राहकलाई वेबसाइटमा अभ्यस्त बनाउन सकेका छैनौं भने फोन र फेसबुकबाट अर्डर लिनुपर्ने बाध्यता छ । ग्राहकलाई प्रविधिमैत्री बनाउन सकेको खण्डमा मौफसलमा अझ अनलाइन व्यवसाय फस्टाएर जानेछ ।
अन्यत्रभन्दा हाम्रो स्टोरमा सस्तो र निःशुल्क होम डेलिभरी गरिरहेका छौं । विशेषगरी ग्रोसरी, वेबीका सामान र इलेक्ट्रिक सामानमा केन्द्रित रहेका छौं । वरदानले पोखराबाट सुरु गरेको व्यवसाय छोटो समयमै राम्रो लोकप्रियता पाएपछि लकडाउन अवधिमै चितवनमा पनि सेवा विस्तार गरेर होमडेलिभरी सुरु भएको थियो ।
वरदान मोफसलमा व्यापार गरिरहेको पहिलो अनलाइन स्टोर रहेको हामीले दाबी गर्दै आएका छौं । हालको अवस्थामा पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन् भने आगामी वर्ष काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजनाका साथ अगाडि बढेका छौं । वरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरामा रहेका उपभोक्तालाई निःशुल्क होम डेलिभरी सेवा दिइरहेको छ । वरदानले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखी बाह्य सामान पनि होम डेलिभरी गरिरहेको छ ।
हामीले स्टोरमा हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छौं । वरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट र फोनबाट आफूले चाहेको सामान अर्डर गर्न सकिन्छ । ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै ल्याउने योजना बनाएका छौं । वरदान स्टोरबाट सामान खरिद गरेपछि ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, आईएमई पे, बैंकका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । त्यस्तै सामान किनिसकेपछि नगद रुपैयाँ तिर्न सकिनेछ ।
चाडपर्व लक्षित गर्दै वरदानले विभिन्न छुट तथा आकर्षक उपहारहरू पनि छिट्टै बजारमा ल्याउँदैछ ।
हाल वरदान स्टोरले किराना, बच्चाका लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने वस्तु, विद्युतीय सामग्री, मोबाइल फोन, नेपाली तथा अंग्रेजीका किताब, खानेकुरा, गरगहना, घडी–चस्मा, भान्साका सामग्रीको होम डेलिभरी गरिरहेको छ । बिहान १२ बजेभन्दा अगाडि अडर आएको खण्डमा सोही दिन डेलिभरी गर्ने गरी सेवा प्रदान गरिरहेका छौं । हाल करिब १ सयभन्दा बढी डेलिभरी गर्दै आएका छौं । भावी दिनमा स्टोरमार्फत मदिराको समेत बिक्री सुरु गर्ने योजनासहित अगाडि बढेका छौं ।

—सञ्जीव पौडेल

प्रतिक्रिया दिनुहोस्