कोरोनासँगै बढेको स्वास्थ्य सचेतना «

कोरोनासँगै बढेको स्वास्थ्य सचेतना

आज भन्दा करिब २ बर्ष अगाडि कोरोना भाईरस (कोभिड–१९) भन्ने सरुवा रोग चीनको बुहान बाट शुरु भएको थियो । यो सरुवा रोगले चिनको बुहानमा मात्रै धेरै मानिसहरुको मृत्यु भएको थियो । बिश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले नोवेल कोरोना भाईरस कोभिड १९ ले चिनको बुहानमा धेरै मानिसहरुको मृत्यु भएकोले यसबाट सचेत रहन बिश्व समुदायलाई पनि सचेत गराएको थियो । तर नभन्दै महिना दिनहरु बित्दै गए यो झन–झन् तिब्र रुपमा चिन हुँदै अमेरिका, ब्राजिल, युरोप तथा एसिया राष्ट्रमा लगाएत धेरै राष्ट्रहरुमा यो महामारी फैलिएर धेरै भन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका थिए ।
यो रोग नियन्त्रणको लागि भनेर बिभिन्न राष्ट्रका सरकारले मुलुक लकडाउन समेत गरेका थिए । कोरोना भाइरसले दिर्घ रोगी मानिस तथा बृद्ध–बृद्धाहरुलाई छिटो आक्रमण गरी लाखौं मानिसहरुको मृत्यु भएको थियो । बिस्तारै धेरै मुलुकहरुले यस भाईरसको रोकथामको लागि बिभिन्न अनुसन्धान गरी बिभिन्न नामक भ्यमक्सिनहरु निकाले । जसमा भारतको सेरम ईन्सिचुट र युकेको अक्सफर्ड युनिभरसिटीले कोरोना भाईरसको लागि कोभिड शिल्ड नामक भ्याक्सिन उपलब्ध गराई उत्पादन गरी भाईरसबाट ग्रसित मुलुकलाई पहिलो प्राथामिकको रुपमा हस्तान्तरण गरेको थियो । र पहिलो प्राथामिक्तामा परेका र दिर्घ रोगीहरुलाई कोरोना बिरुद्धको भ्याक्सिन पनि लगाए । त्यति समय सम्म धेरै मुलुकहरुमा कोरोना भाईरसको नियन्त्रणको लागि सरकारले मुलुक लकडाउन गर्नुपरेको थियो ।
यो भयवाह अवस्थाले गर्दा बिश्वको अर्थतन्त्र पनि निकै खस्किसकेको थियो । यो महामारीमा लड्न मानिसको जिवन रक्षा गर्न प्रत्यक्ष रुपमा दिन रात नभनी स्वास्थ कर्मीहरु जुटिनै रहे , बिभिन्न मुलुकका सुरक्षाकर्मीहरु जुटिनै रहे । बिषेस गरी फ्रन्टलाईनमा खटिने मानिसहरु स्वास्थ्यकर्मी, सोयंम सेवक, सुरक्षाकर्मी, पत्रकार लगाएत जो कोभिडको जोखिमको मुखैमा देश र जनताको स्वास्थ्यको सुरक्षा प्रति दिन रात खटिन्छन् उनिहरु पनि यस महामारीको सिकार भए । कतिले त ज्यान पनि गुमाए । तर बिश्व स्वास्थ्य संगठनले सधैं भनिरहेको थियो, “मास्कको सधैं प्रयोग गरौं स्वास्थ्य सम्बन्धी सम्पूर्ण नियमहरुको पालना गरौं ।
यो रोगको महामारी बाट आफू पनि बचौं अनि अरुलाई पनि बचाउँ । यसको प्रत्यक्ष प्रभाव हाम्रो मुलुकमा पनि परिसकेको थियो । कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले लकडाउन गरेको थियो । मानिसहरुलाई सो समयमा सरकारले घरजाने प्रबन्ध समयमा नै गर्न नसक्नाले धेरै मानिसहरुले निकै सास्ती अनि दुख पाएका थिए । पटक पटक लकडाउनको समयाअवधि थपिँदा राजधानीमा भएका मानिसहरुको भएको सबै खानेकुरा अनि साथमा भएको केही रकम सकिदा धेरै मानिसहरु हप्तौं दिन अनि महिनौं दिन सम्म हिँडेरै भएपनि आफ्नो गृह जिल्ला गएका थिए । मुलुक लकडाउन हुँदा मुलुककको अर्थतन्त्र पूरै ओरालो लागेको थियो । धेरै मानिसहरुले आफ्नो रोजीरोटी गुमाइसकेका थिए । काला बजारीले गर्दा धेरै मानिसहरु दुःखमा परेका थिए । धेरै कम्पनीहरु घाटामा जाँदा धेरै कर्मचारीहरुले पनि पारिश्रमिक लामो समय सम्म पनि पाएका थिएनन । कम्पनीमा कर्मचारी कटौतीले गर्दा धेरैको रोजीरोटी खोसिएको थियो । यसले गर्दा मानिसहरुको दैनिकीमा समेत साह्रै सकस परेको थियो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दिनहुँ जसो मुलुकमा भएको संक्रमितको संख्या, मृत्युदर , अनि स्वास्थ्य सम्बन्धी मापदण्ड सधैं नै भनिरहने गरेको हुन्थ्यो ।
आज कोरोनाको जोखिम अनि कोरानाकै समयमा देखिएको बिभिन्न म्युटेनले गर्दा मानिसहरुको सधैंको साथी मास्क अनिवार्य भइसकेको छ । यो महामारी सरुवा भाइरस कोरोना र बिभिन्न चरणमा देखिएको नयाँ भेरियन्टले सवैको मुखमा एकसाथ मास्क लगाउन बाध्य बनायो । कस्तो दिन आयो जहाँ मान्छे देखि मान्छे डराउनु पर्ने दिन पनि आयो । अहिले मास्क सवैको साथी अनि प्रिय भएको छ । पछिल्लो समय हाम्रो मुलुकमा पनि बिभिन्न चरणका उमेर समूहका मानिसहरुले कोरोनाको भ्याक्सिन लगाएता पनि जोखिम भने उत्तिकै बढिरहेको छ । अहिले सम्मको तथ्यांक हेर्दा हाम्रो मुलुकमा पनि हज्जारौंले ज्यान गुमाए, लाखौं संक्रमित भए । अहिले पनि हजारौं मानिसहरु अस्पतालहरुको शैयामा कोरोनालाई पराजित गर्न आईसोलेसनमा बसिरहेका छन् । मुलुक दोश्रो चरणको कोरोनाको नयाँ भेरियन्ट युके डेल्टा देखिँदा यसको रोकथामको लागि दोश्रो पटकको लकडाउन हुँदा पनि झन् मुलुकको अर्थतन्त्र खस्कियो ।
भारत, चिन, अमेरिका, जापान लगाएत धेरै राष्ट्रहरुले हाम्रो मुलुकलाई कोरोना बिरुद्धको भ्याक्सिन उपलब्ध गराएर प्राय ७० प्रतिशत जनसंख्याले भ्याक्सिन लगाएकोमा ४० प्रतिशत पूर्ण खोप लगाउने र ३० प्रतिशतले पहिलो डोज लगाइसकेका छन् । अब बाँकी रहेकालाई पनि यथाशिघ्र खोप लगाउने सरकारको तयारी रहेको छ । कोरोनाको जोखिम उत्तिकै रहेता पनि यसबाट बच्ने उत्तम उपाए भनेको नै सुरक्षित तरिकाले मास्क लगाउनु हो । पछिल्लो दुई बर्षको बिभिन्न चरणको अध्यनबाट पनि के निस्कर्ष निकाल्न सकिन्छ भने मास्क लगाउने धेरै मानिसहरुले हतपत सरुवा रोगको भाईरसबाट बच्ने गरेको पाइएको छ ।
घर परिवारमा मास्क लगाएर बस्नाले आफू मात्र सुरक्षित होईन परिवारका सवै सदस्य सुरक्ष्ति रहन्छन् । पहिलेको दाँजोमा बालबालिकाहरु धेरै बिरामी हुन्थ्ये त्यसमध्ये धेरैजसो बिभिन्न सरुवा रोगकै कारणले बिरामी हुन्थे । तर जब बालबालिकाहरुले नियमित मास्क लगाउन थाले बालबालिकाहरु अस्पलात आउने संख्या पनि कम भएको चिकित्सकहरु बताउँछन् ।
मास्क लगाउनुका केही फाइदाः
१) कोरोना भाइरस र अन्य सरुवा रोग लाग्नबाट बचाउँछ ।
२) सवारी चलाउँदा धुलोका कणहरु मुखमा छिर्न पाउँदैनन् ।
३) वायु प्रदूषणबाट बच्न सकिन्छ ।
४) मास्कको प्रयोगले परिवार पनि निरोगी हुन्छ ।
५) निरन्तर मास्कको प्रयोग गर्ने बानीले मानिसहरुको आयु पनि केही लम्बिन्छ ।

प्रतिक्रिया दिनुहोस्