पर्यटन पुनरुत्थानको समय
कोभिड–१९को भेरिएन्टले स्वरुप परिवर्तन गरिरहने भएकाले गर्दा पनि यही अवस्थामा बाह्य पर्यटकको आगमन नहुने भएकाले तत्काल आन्तरिक पर्यटकलाई नै तत्काल जोड दिनुको विकल्प नभएको सरोकारवाला निकायले बताउँदै आएका छन् । बाह्य पर्यटक ल्याउन सरकार निजी क्षेत्रले सहुलियत सहितको स्वाथ्य मापदण्ड अपनाएर पर्यटकलाई सुरक्षित यात्राको सुनिश्चित गराएर भ्रमण गराउन सकिएको खण्डमा मात्र पर्यटकको आगमनमा क्षणिक सुधार आउने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।
कोभिड–१९का कारण सेलाएको पर्यटन बजार विस्तारै पुनरुत्थान हुने क्रममा रहेको छ । पर्यटन आगमनमा आएको केही सुधारसँगै पर्यटन बजार तंग्रीने त्रममा रहेको छ । सन् २०२१ को जनवरी देखि नोभेम्बर सम्म १ लाख २६ हजार २ सय ८३ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो ११ (नोभेम्बर) महिनामा नेपालमा २६ हजार १ सय ३५ पर्यटक आएका छन् अघिल्लो महिना (अक्टोबर)मा २३ हजार २ सय ८४ जनाले नेपाल भ्रमण गरेका थिए । यो सँगै नेपाल भ्रमण गर्ने पर्यटक आगमनमा आंशिाक सुधार हुने त्रममा रहेको छ । सन् २०२१ कै सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जनाले भ्रमण गरेको अध्यागमन विभागले जनाएको छ । सन् २०१९को अन्त्यबाट चीनमा फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्राय शून्य थियो जुन त्यस यताकै सबै भन्दा कम पर्यटक आगमन दर हो । विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन संख्या दोश्रो स्थानमा रहेको थियो । तर पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटनक आगमनमा अमेरिका दोश्रो स्थानमा उक्लिएको हो ।
सन् २०१९को अन्त्यबाट चीनमा फैलिएको कोेभिड–१९का कारण विश्वभरनै पर्यटन गतिविधि र आगमनमा प्रतिबन्धका कारण पर्यटन क्षेत्र सुस्ताएको थियो । सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२०मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भ्रमण गरेका थिए । सरकारले २० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको भएपनि सन् २०१९को अन्त्यबाट फैलिदैं गएको कोभिड–१९(कोरोना भाइरस)का कारण पर्यटक आगनमा बन्द भयो भने, सरकारले भ्रमण वर्ष समेत स्थगन गर्नु परेको थियो ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड–१९ (कारोना भाइरस)का विश्वको जनजीवन प्रभावित भयो । पर्यटक अगामनबाट आर्थिक उपार्जन गरिरहेका नेपालका पर्यटन उद्योग देखि सबै क्षेत्र पर्ख र हेरको अवस्थामा रहेका छन् । पर्यटक आगमनमा केही सुधार भएको भएपनि यसले पर्यटन बजारको मागलाई सम्बोधन गर्न नसकेको जानकारहरुको भनाई छ । पर्यटक आगमन दरमा क्रमिक सुधार हुने तर्फ रहेको भएपछि त्यो उत्साहजनक भने नभएको होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनको भनाई रहेको छ । उनले भने,“पर्यटक आगमनमा केही सुधार भएको छ तर यसरी आयने पर्यटक नेपाली मुलका विदेशीको संख्या बढि भएको हो ।”
नेपाली समय अनुसार अहिलेको सिजन भनेको नेपालमा विवाह, र एनआरएनको निर्वाचन देशमा विभिन्न गतिविधिमा भागलिने मानिसको गतिविधि भएकाले गर्दा आगमन दर बढेर गएको देखिएको अध्यक्ष तुलाचनको भनाई छ । अध्यागमन विभागको तथ्याङकलाई केलाउदा पनि अनुसार नोभेम्बरमा सबै भन्दा भारतबाट दश हजार ४ सय ११,दोश्रोमा अमेरिकाबाट ३ हजार ७ सय ८२,बेलायतबाट २ हजार २६ र बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक नेपाल आएका थिए । नेपालीको बसोबास अमेरिका र बेलायतमा बढि भएकाले गर्दा पनि पर्यटक आगमनदर बढेको देखिएको तुलाचनको भनाई छ । यता नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१को अक्टोबरमा सबै भन्दा बढि भारतबाट ८ हजार ७ सय २६ र दोश्रोमा अमेरिकाबाट ४ हजार ७ सय ११ र तेश्रोमा बेलायतबाट १ हजार ३ सय ८१ जनाले नेपाल भ्रमण गरेका थिए ।
अहिले भने, आन्तरिक पर्यटन बजारले गर्दा पर्यटकीय बजारलाई धान्नको लागि मद्धत पुगेको व्यवसायीहरुले बताएका छन् । थलिएको पर्यटन क्षेत्रलाई लयमा फर्काउनको लागि होटल, विमान कम्पनी साथै पर्यटका क्षेत्रका सारोकारवाला निकायहरुले विभिन्न आकर्षक प्याकेज ल्याएका छन् । कोभिड–१९को विकसिरत रुप पछिल्लो ओमिक्रोनको क्रास कायमै रहेकाले गर्दा बाह्य पर्यटक नआउने प्रायनिश्चित रहेकाले गर्दा आन्तरिक पर्यटक गतिविधि बढाएर अर्थतन्त्र चलयमान बनाउने अभियानमा सरकार नीजि क्षेत्रलागिपरेका छन् । बाह्य उडानमा भन्दा आन्तरिक उडानमा यात्रुको चाप छ । थलिएको पर्यटन क्षेत्रलाई टिकाएर आन्तरिक पर्यटकमा जोड दिएको र सोही अनुसार होटलहरुले विभिन्न प्याकेज सहित आन्तरिक पर्यटकलाई आर्कषित गरिरहेका छन् भनछन् अध्यक्ष तुलाचन । अघिल्लो वर्ष कोभिड–१९लेथलिएको पर्यटन क्षेत्रलाई चलयमान बनाउनको लागि हामीले घुम्नजाउँ पोखरा अभियान शुरु गरेको थियो । जस्ले गर्दा आन्तरिक पर्यटक गतिविधी बढेर अर्थतन्त्रलाई चलयमान बनाउनको लागि थप मद्धत पुग्ने विश्वास लिएको थियो र आन्तरिक पर्यटकनको गतिविधिमा उल्लेख्य सुधार भएको थियो ।
कोभिड–१९को भेरिएन्टले स्वरुप परिवर्तन गरिरहेने भएकाले गर्दा पनि यहीँ अवस्थामा बाह्य पर्यटकको आगमन नहुने भएकाले तत्काल आन्तरिक पर्यटकलाई नै तत्काल जोड दिनुको विकल्प नभएको सरोकारवाला निकायले बताउदैं आएका छन् । बाह्य पर्यटक ल्याउन सरकार नीजि क्षेत्रले सहुलियत सहितको स्वाथ्यमापदण्ड अपनाए पर्यटकलाई सुरक्षित यात्राको सुनिश्चीत गराएर भ्रमण गराउन सकिएको खण्डमा मात्र पर्यटकको आगमनमा क्षणिक सुधार आउने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको बताउँछन् ।
नेपालमा पर्यटक आगमन दर बढाउनेको लागि नेपाल–भारत बीच रहेको एयरववल सम्झौता हटाउनु पर्ने जनसले गर्दा भारत हुर्दै नेपाल प्रवेश गर्ने विदेशीकोलाए आगमनमा सहज गर्नु आवश्यक रहेको जोशीको भनाई छ । भारत,बंगलादेशमा प्रमोसन बढाउनु पर्ने, आगमनमा सहजिकरण गर्दै स्वास्थसुरक्षामा जोड दिनु पर्ने उनको भनाइ छ ।
सन् २०१९ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन वर्ष सन् २०११ मा १० लाखको लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटन आएका थिए । सन् १९९८ मा ५ लाख पर्यटनले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ ले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२०मा सन् २ लाख ३० हजार ८५ पर्यटक नेपाल भ्रमण गरेका थिए ।
कोरोना भाइरस (कोभड–१९) का कारण पर्यटकीय गतिविधि ठप्प हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कोभिड–१९ को रोकथाम अनिश्चित रहेकाले यसबीचमा पर्यटन गतिविधि, लामो दूरी र छोटो दूरीमा रहेका पर्यटकीय बजारमा नेपालले प्रचार केन्द्रित गर्नैपर्ने धारणाजोशीको छ ।
देशले आर्थिक उन्नकबतीको फ्ड्को मार्ने तर्फ पाइला लक्षितहुनु पर्ने थियो । देशको प्रमुख आयको स्रोतमा रहेको पर्यटन व्यावसायले उल्लेख्य गोरेटोहरु कोर्नु पर्ने थियो ।
नेपालमा पर्यटकको अपेक्षा अनुसार नबढेको भए पनि पनि होटेलको संख्या भने तिव्र रुपमा वृदिृ भैरहेको छ । निर्माणाधीन तारे होटेलमा संख्यामा बृद्धि हुने क्रम जारी रहेको छ भने नेपाल पर्यटकिय सम्भावना भएकाले यस क्षेत्रमा तत्काल केही नभएपनि भविष्य देखेर लागनी विस्तार भैरहेको जानकारहरुको भनाई छ ।
गौतमवुद्ध विमानस्थल निर्माण सम्पनन हुने क्रममा रहेको छ । कोभिड –१९को बीचमा पनि निमार्णकार्यले गति भने लिएको सरकोकारवाल मन्त्रालयले बताउदैं आएको छ । सो विमानस्थल सम्पपन भएर सञ्चालनमा ल्याउनकोलागि वौद्ध धर्मलम्वी भएको मुलुकहरुका विमान कम्पनीलाई आर्कषक प्याकेज दिएर उडानमा सहजिकरण गर्नु पर्ने मा जोडि दिइएको छ । लुम्वीनी पर्यटकीय क्षेत्र, बुद्ध सर्किट गौतम बुद्धको जन्मस्थान भएकाले यहाँ पर्यटकीय सम्भावान प्रचुर रहेको छ ।
संकटबाट यथाशीघ्र उम्कने मूल मन्त्र भनेकै एकता, समन्वय र सहकार्य नै हो । जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिने धारण बोर्डका पूर्व प्रमूख दीपकराज जोशीको भनाई ।
अहिले भ्रमण वर्ष २०२० अभियान र सचिवालय स्थगन गरिसकिएको अवस्था छ । यस्तो बेलामा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई एउटा पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने समय आएको छ । यसले पर्यटन रिभाइभलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म रिभाइभलका लागि विशेष कार्यक्रमहरू बनाई कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका जोशीले सुझाएका छन् । पर्यटनको सर्भाइभलसँग रिभाइभल र रिभाइभलसँग थ्राइभल जोडिएको हुँदा यी तीनै पक्षलाई एकीकृत ढंगबाट अघि बढाउन सकियो भने नेपालको पर्यटन छिटै पुनरुत्थान गर्न सकिने र भविष्यका लागि बलियो आधार पनि तय गर्न सकिने उनको धारण छ ।
यता अघिल्लो सरकारले ल्याएको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याउनु सकेमा आन्तरिक पर्यटन बजार चलयमान हुने बताइएको छ । सरोकारवाल निकायले विदा कार्यान्वयनमा ल्यायन जोड दिएको छन् । कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि १० दिने काज विदा महत्वपूर्ण भूमिका खेल्नहुदाँ चाडैं कार्यान्वयनमा ल्याउन जोड दिइएको हो । होटल संघ नेपालका अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु अझै कार्यान्वयनमा आउन नसकेको बताउर्दै सरकारले घोषणा गरेको काज विदा कार्यान्वयनमा ल्याउनको लागि पहलकदमी गरिदिनका लागि सरोकारवादा निकायसँग माग गर्दै आएको बताएकी छन् ।आन्तरिक पर्यटक बाटनै अघिल्लो वर्ष तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको पालामा कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई पुर्नरुत्थान गर्नको लागि काज विदा कार्यक्रम ल्याइएको थियो ।
कोभिड १९ को महामारी पछि केही खुकुलो हुदैं गएको अवस्थामा नेपाल पर्यटन बोर्डले नजिकका छिमेकी मुलुकहरुमा अन्तर्राष्टिय पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले विभिन्न देशमा पर्यटन सेल्स मिशन कार्यक्रम गरिरहेको छ ।
नेपालका विभिन्न टुर अपरेटरहरु सहितको टोली नै सहभागी भएर भारत, बंगलादेश तगा यूरोपमा पर्यटन व्यवसायी र संचारकर्मीहरुलाई पर्यटनसँग सम्बन्धित आकर्षक प्याकेजहरुको बारेमा जानकारी गराउनका साथै नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा, जानकारी गराइएको बोर्डले जनाएको छ ।
करिब एक वर्ष पर्यटक शुन्य अवस्थाबाट नेपालमा पर्यटक आउने क्रम सुरु हुने क्रममा रहेको भएपनि पछिल्लो कोभिड–१९को क्रासले आगमन दरमा कमी ल्याउने सम्भावना रहेको अध्यक्ष तुलाचनको भनाई छ । कोभिड १९ विरुद्धको खोप लगाउनेको बाहुल्यता बढेसँगै आगमन दरमा बृद्धि भने हुन सकेन् ।
२०७८ सालमा परिस्थिति अनुकुल भए पर्यटक आगमनको दर बढ्ने निश्चित रहेको भएपनि सोही हनुसार हुन् सकेन्,गत वर्ष भने पर्यटन उद्योगका लागि कालो वर्ष नै रह्यो । कोभिड–१९ का कारण पर्यटन क्षेत्रलगायत सबै क्षेत्र सुनसान रहे । सरकारले २० लाख पर्यटक ल्याउने महत्वकांक्षासहित भव्य रुपमा घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० कोभिड–१९ का कारण उद्घाटन भएको ४ महिना पछि स्थगन गर्नुप¥यो । भूकम्प र नाकाबन्दी पछि लयमा फर्कँदै गरेको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीसँगै सरकारले घोषणा गरेको कार्यक्रम मात्र स्थगन नभएर पर्यटन क्षेत्रको खर्बौं लगानी धरायासी बन्ने अवस्थामा पुग्यो । करिब १ वर्ष पछि लयमा फर्कँदै गएको पर्यटन क्षेत्र पछिल्लो समय विकसित हुँदै गएको ओमिक्रन भेरियन्टले (कोभिड) प्रभावले कसतो असर गर्नेहो भन्नेमा पर्ख र हेरको स्थिीतमा छ ।
गत वर्ष भने लकडाउनको कारण पर्वातारोहण शुन्य भएपनि यस वर्ष समान्य समयमानै जस्तो हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति प्रदान गरेको छ । सन् २०१९को तुलनामा सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको संख्यामा ६५ प्रतिशतले कमि आएको थियो । यो संख्या आन्तरिक र बाह्य उडानमा विमानस्थलमा उडान र अवतरण गरेको यात्रुको संख्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।
सन् २०२१ को मार्चमा आन्तरिकतर्फ हवाई यात्रुको संख्या साढे ३ लाख हाराहारी पुगेको छ भने आन्तर्राष्ट्रियतर्फ १ लाख २५ हजार यात्रुले यात्रा भरेका छन् । लकडाउन पछि आन्तरिक उडान पुरानै लयमा फर्किएको भएपनि अन्तर्राष्ट्रिय उडानमा भने कोभिड–१९ को नियन्त्रणका लागि जारी रहेको मापदण्डका कारण पर्याप्त उडान हुन नसक्दा अन्तर्राष्ट्रिय उडान लयमा फर्ता हुने क्रममा हरको छ ।
होटल संघ नेपाल(हान)ले १५ खर्बको लगानी भएको होटल उद्योगमा करिब ५ लाखलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको होटलहरु पूर्णरुपमा बन्द हुँदा प्रतिमहिना १ अर्ब ८० करोडको घाटा बेहोर्नु जनाएको थियो । कोभिड–१९ का कारण होटलहरुले व्यापार व्यवसाय र पर्यटक आगान बन्द हुँदा होटल क्षेत्रलाई मासिक १ अर्ब ८० करोड रुपैयाँ बराबरको बेहोर्नु परेकाअवस्था थियो ।
तङ्ग्रिँदै गरेको हवाई तथा पर्यटन क्षेत्रमा पनि संकुचन आएमा फेरि सञ्चालनमा नआउने गरी कयौं पर्यटन व्यवसाय बन्द हुने अवस्थामा पुग्ने वयवासायीहरु बताउछन् । कोभिड–१९का कारण पर्यटनसँग सम्बन्धित करिब ३० प्रतिशत व्यवसाय हाल बन्द भएको र फेरि पनि पर्यटन क्षेत्र चलयलमान हुन नसके त्यो प्रतिशतको संख्या दोब्बर हुने उनीहरको भनाई छ ।
नेपालमा पर्यटक आगमन