सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको बलवा नगरपालिकाको पडौलमा नयाँ शाखारहित बैंकिङ सेवा सरु गरेको छ ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण र विभिन्न सेवा प्रदायकहरुको बिल भुक्तानी र बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराउने जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ इकाईबाट करिव १२ लाख ८० हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।