ट्रम्पले भने,‘मलाई कुनै हतारो छैन’ «

ट्रम्पले भने,‘मलाई कुनै हतारो छैन’

हनोई-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा उत्तर कोरियाले परमाणु अस्त्रको विषयलाई लिएर ठूलो पैmसला गर्ने भएको छ । ट्रम्पसँगको बैठकमा उत्तर कोरियाली नेता किम जोङ उन परमाणु हतियार नष्ट गर्नका लागि सहमत हुने देखिएको छ । उत्तर कोरियाली नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपती ट्रम्पले यो भन्दा ८ महिना पहिला सिंगापुरमा भेटघाट गरेका थिए । उक्त वार्ताको निरन्तरता स्वरुप बिहीबार हनोइमा वार्ताका लागि दोस्रो दिन पनि बैठक गरेका छन् ।
विश्लेषकहरुले हनोइमा भएको दोस्रो बैठकमा ठोस कदम उठाउन आवश्यक भएको बताएका छन् । तर ट्रम्पले कुनै पनि ठूलो सफलताको आशा भने व्यक्त गरेका छैनन । यसले उनले बिहीबार संवाददातासँग भने,“मलाई कुनै हतार छैन ।” उनले परिणामा लामो समयमा प्राप्त हुने बताएका छन् । ट्रम्पले किमसँग मेट्रोपोल होटलमा बैठक गर्नु भन्दा पहिले भनेका छन्,“म हेर्दैछु कि के हुनेछ । कुनै हतार छैन । हामी उचित सम्झौता गर्न चाहन्छौ ।”
यसैगरी किमले केही ठूलो हासिल गर्न, राम्रो परिणामा प्राप्त गर्नका लागि आफ्नो सर्वश्रेष्ठ प्रयास हुने बताएका छन् । दुवै नेताले बैठकपछि स्थानिय समय अनुसार दिउसो २ बजे घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्