नेप्सेमा निरन्तरको गिरावट «

नेप्सेमा निरन्तरको गिरावट


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारका विषयमा दिएको अभिव्यक्तिसँगै सेयर बजार मापक नेप्से निरनतर ओरोलो लागेको छ ।
प्रचण्डले सेयर बजारप्रति दिएको अभिव्यक्तिको विषयमा आइतबारदेखि चर्को आलोचना भइरहेको छ । प्रचण्डको अभिव्यक्तिको असर सोमबार सेयर बजारमा भारी गिरावट देखिएको छ । पछिल्लो समय सेयर बजारमा निरन्तर रुपमा बियरिस ट्रेण्डमा प्रवेश गरेको थियो । प्रचण्डको अभिव्यक्ति कारण सेयर लगानीकर्ता त्रसित बनेका छन् ।
सोमबार सेयर कारोबारको सुरुवातदेखि नै बजार प्रभावित भएको थियो । सय अंकसम्म गिरावट भएको बजार ७९.२३ अंकले घटेको छ । यस दिन बजार ७९.२३ अंकले घटेर २२८२.०१ विन्दुमा झरेको छ । नेपाली सेयर बजार इतिहासमा पहिलो पटक ३ हजार ९८.८३ विन्दुमा पुगरे उच्च रेकर्ड राखेको थियो । तर, उक्त उच्च रेकर्डपछि विस्तारै घट्दै गएको बजार पुनः २ हजार ३ सयको विन्दुमा झरेको छ । आइतबार नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको थियो ।
सोमबार कारोबारमा आएका २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेको छ । आइतबार ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यता ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा झरेको छ । नेप्से परिसूचकका १३ उपसमूहको सूचक राताम्मे देखिएको छ । जसमा बैंकिङ ३४.११, विकास बैंक २११.७६, जलविद्युत १०५.८२, फाइनान्स १३३.९१, निर्जीवन बिमा ५४५.९८, माइक्रोफाइनान्स १८७.३३, जीवन बिमा समूहको उपसूचक ४२५.३३ अंकले घटेको छ ।
बजार घटे पनि आज गोर्खाज फाइनान्स कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्