पर्यटन प्रवद्र्धन गर्न एनआरएनए र बोर्डका विविध कार्यक्रम «

पर्यटन प्रवद्र्धन गर्न एनआरएनए र बोर्डका विविध कार्यक्रम

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले तत्काल पर्यटन प्रवद्र्धन गरेर देशले सोचेको आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रममा एनआरएनए अध्यक्ष भट्टले नेपाललाई संसारभर चिनाएर विदेशीलाई नेपाल भ्रमण गर्ने गरी योजना बनाउन विभिन्न योजना बनाउन सकिने बताए । उनले नेपाल पर्यटन प्रवद्र्धन वर्ष २०१९ लाई पर्यटन प्रवद्र्धनका रूपमा प्रचार प्रसार गरेर सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने आधार तयार गर्नुपर्ने सुझाव दिए ।
संघले २०२० लाई भ्रमण वर्ष मनाउन ‘एक साथी तीन पर्यटक नेपाल पठाऊ’ भनेर बुद्ध नेपाल र नेपाल फेस्टिवलको आयोजना गरिएको जनाएको छ । एनआरएनए अध्यक्ष भट्टले नेपालको पर्यटन क्षेत्रको ‘लेन्ड मार्क’ का रूपमा अथिती देवः भव अभियान सुरु गरेको बताए । उनले आगामी दिनमा संघले अघि सारेका प्रवद्र्धनका गतिविधिले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि बलियो आधार बन्ने दाबी गरे । संघले भिजिट नेपाल २०२० लाई सफल पार्न ८० देशका रहेका एनसीसीलाई परिचालन गर्ने उनको भनाइ थियो । नेपाल भम्रण वर्ष २०२० सम्पन्न गर्न एनआरएनए अध्यक्ष भट्ट र सहकोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २ सय १३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
सो अवसरमा एनआरएनएले पर्यटन प्रवद्र्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने फोटो, खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । यसैबीच सरकारले पहिचान गरेका १०० नयाँ गन्तव्यमा बढीभन्दा बढी विदेशी पर्यटक पु¥याउनसमेत विभिन्न कार्यक्रम गर्ने एनआरएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्