कांग्रेसमा नेतृत्व परिवर्तन भएरै छाड्छ : कोइराला «

कांग्रेसमा नेतृत्व परिवर्तन भएरै छाड्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहेका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छोड्ने दाबी गरेका हुन् ।
उनले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर निर्वाचनसम्म पुग्ने पनि दाबी गरे । नेता कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवि नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने पनि बताए । उनले महाधिवेशनपछि केन्द्रिय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भागबण्डारहितको नेपाली कांग्रेस, गुटबन्दी रहीतको पार्टी, बिरोधरहीतको नेपाली कांग्रेस बनाएर एकढिक्का हुँदै सबैलाई समेट्ने बताए । नेता कोइरालाले आफू सभापतिमा विजयी भए संविधानलाई सुदृढ बनाएर लैजाने समेत प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताए । थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्नेमा जोड दिए । उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए । नेता थापाले कांग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेता थापाले सफा, पवित्र र निश्चल काँग्रेस शेखर कोईरालाको नेतृत्वमा देखिने भएकोले आफूलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्