Logo

पार्टीलाई अझै बलियो बनाउन देउवाको नेतृत्व : महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका हुन् ।
उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रिय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेका पनि बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताए । उनले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताए । नेता पौडेलले बिपी कोईरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्