देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनुपर्छ : देउवा «

देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनुपर्छ : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु पर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु पर्नेमा जोड दिएका हुन् ।
उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जनताले डर र त्रास मात्रै सहनुपरेको भन्दै प्रधानमन्त्री देउवाले भोलिको दिनमा कम्युनिष्टको सरकार आउन नदिन आफूलाई सभापति बनाउनुपर्ने आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले कम्युनिष्टले कुनै पनि हालतमा सत्ता कब्जा गरिरहन्छु भनेकोले कांग्रेस नभइ प्रजातन्त्र नबच्ने बताए । प्रधानमन्त्री देउवाले यो बेला प्रजातन्त्र बचाउन आवश्यक रहेको भन्दै आफूलाई पार्टी सभापतिमा जिताउन नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्