जावा मोटरसाइकलको डिलर दाङ र धनगढीमा «

जावा मोटरसाइकलको डिलर दाङ र धनगढीमा

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले थप दुई नयाँ डिलरहरु सञ्चालनमा ल्याएको छ ।
कम्पनीले दाङको तुलसीपुर रोड, घोराहीमा जेबिएस अटोमोबाइल्स र धनगढीको बोराडाँडी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालि सञ्चालनमा ल्याएको हो ।
बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै शोरूमहरु स्थापना गरिएको कम्पनीले जनाएको छ ।
जेबिएस अटोमोबाइल्स र दिवा मोटर्स प्रालिको सञ्चालनसँगै आसपासका क्षेत्रका ग्राहकहरुले अब यी विशिष्ट शोरुमबाट प्रशस्त गुणस्तरीय सेवा लिन सक्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीको दावी छ ।
यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुत गतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाईलिस जावा मोटरसाइकलले संचालनमा ल्याएको यी दुई डिलरबाट सम्पूर्ण सेवा पाइने पनि बताइएको छ ।
कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्