उम्मेदवारी दर्ताबाट कांग्रेसलाई ६० लाख आम्दानी «

उम्मेदवारी दर्ताबाट कांग्रेसलाई ६० लाख आम्दानी

नेपाली कांग्रेसलाई १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता शुल्कबाट मात्र आधा करोडभन्दा बढी आम्दानी भएको छ । कांग्रेसले उम्मेदवारी दर्ताका लागि सभापतिलाई ३० हजार, उपसभापति र महामन्त्रीलाई २५ हजार, सह–महामन्त्रीलाई २० हजार तथा केन्द्रीय सदस्यालाई १० रुपैयाँ हजार तोकेको थियो ।
सभापतिसहित ५ सय ४६ जना उम्मेदवारबाट ५९ लाख ९५ हजार संकलन गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसको निर्वाचन समितिका अनुसार ६ जना सभापति उम्मेदवारबाट १ लाख ८० हजार, ७ जना उपसभापतिबाट १ लाख ७५ हजार, ६ जना महामन्त्रीबाट १ लाख ५० हजार, २० जना सह–महामन्त्रीबाट ४ लाख तथा ५ सय ९ जना केन्द्रीय सदस्य उम्मेदवारबाट ५० लाख ९० हजार संकलन भएको छ ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनका लागि कांग्रेसले करिब १० करोड खर्च हुने अनुमान गरेकोमा हालसम्म करिब ११ करोड संकलन भइसकेको जनाएको छ । महाधिवेशनमा करिब ४७ सय प्रतिनिधि सहभागी छन् । उनीहरुका लागि काठमाडांैका होटल तथा लजहरुमा खाने–बस्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्