नेको इन्स्योरेन्सको भवन उद्घाटन

नेको इन्स्योरेन्स कम्पनीले आफ्नै ‘बिमा भवन’को उद्घाटन गरेको छ । बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भवनको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा अध्यक्ष सिलवालले बिमा कम्पनीहरुलाई समयमा दाबी भुक्तानी गरेर बिमितको विश्वास जित्न अनुरोध गरेका छन् ।
समयमा बिमाको दाबी भुक्तानी गरियो भने बिमितको विश्वास जित्न सक्नुका साथै बिमाको बजार बढाउन पनि मद्दत पुग्ने उनको तर्क थियो । बिमा समितिले देशव्यापी रुपमा बिमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिरहेको भन्दै अध्यक्ष सिलवालले हरेक कार्यक्रममा बिमा कम्पनीहरुले दाबी भुक्तानी नगरेको विषय व्यापक रुपमा उठिरहेको बताए । कम्पनीहरुले दाबी भुक्तानीमा ढिला गरेसँगै समितिले बोलाएरै स्पष्टीकरण सोधिरहेको उनले जानकारी दिए ।
सरकारले घटना घटेपछि करोडौ रुपैयाँ राहात प्रदान गर्नुको सट्टा बिमा गरिदिने हो भने त्यस्तो दायित्वबाट मुक्ति पाउने अध्यक्ष सिलावलको तर्क थियो । यसैका लागि समितिले सम्पूर्ण प्रदेश सरकार तथा स्थानीय सरकार सँग बिमालाई अनिवार्य गरिदिन अनुरोध गर्दै आएको उनले जानकारी दिए ।
नेकोका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले विगत ६÷७ वर्षको अवधिमा कम्पनीले राम्रो उपलब्धी हासिल गरेको जानकारी दिए । २०७०-०७१ मा मर्जरमा जाने तयारी गरेको नेककोलाई महतो समुहले स्वामित्व लिएर अहिलेको अवस्थामा ल्याइपु¥याएको हो । तत्कालिन समयमा नेकोले न्युनतम चुक्ता पुँजीसमेत पु¥याउन नसकेर समस्यामा गुज्रिएको थियो । तत्कालिन समयमा ९० जना कर्मचारी र १३ वटा उपशाखा थियो ।