इसेवा मनि ट्रान्स्फरको उपहार योजना सार्वजनिक «

इसेवा मनि ट्रान्स्फरको उपहार योजना सार्वजनिक

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ’चाडपर्वको बहार दिनदिनै उपहार’ योजनाअन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ ।
यस योजनाअन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पैसा पठाएका हजारौंमध्ये गोलाप्रथाद्वारा स्विडेनमा बस्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका छन् । शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफरमार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । उपहार विजेता स्वयम् स्विडेनमै रहेका उनका प्रतिनिधिले लिएका थिए ।
विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले गरे । असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापन भएको उक्त योजनामा, बम्पर उपहार योजनाका मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्