दाङमा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दै «

दाङमा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दै

देउखुरी- सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।
उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो । नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बिमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बिमामा आवद्ध गराउने लक्ष्य छ ।
तीन हजार ५०० रुपैयाँ तिरेर बिमा गरेपछि वर्षभरमा एक लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य ७०० जम्मा गर्दै जाने र दुई लाखसम्मको बिमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्