एनआरएनए क्यानडाको आयोजनामा साताव्यापी खेलकुद «

एनआरएनए क्यानडाको आयोजनामा साताव्यापी खेलकुद

गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा क्यानडाको मुख्य सहरहरुमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । टोरन्टो, स्कारबोरो, मिसिसागा, एडमन्टन, क्लागरी र सस्काटुनमा करिब १५ खेलको आयोजना गरिएको थियो ।
८ टिमको सहभागिता भएको उक्त खेलमा करिब ५०० किलोमिटरको यात्रा गरी राजधानी अट्टवादेखि २ टिमहरु सहभागी भएका थिए । भलिबलमा विजेता लालिगुराँस क्लबले शिल्ड र नगद १ हजार डलर र उपविजेता टोरन्टो स्पोर्ट्स सेन्टरले ७०० डलर पुरस्कार हात पारेको एनआरएनए क्यानडाका महासचिव चिरञ्जीवी घिमिरेले बताए । त्यस्तै ८ टिम सहभागी रहेको पुरुष ‘टग अफ वार’ मा ओटावा फाल्कनले भिक्टोरिया ड्रागनलाई फाइनलमा पराजित गर्दै ट्रफी र नगद पुरस्कार हात पा-यो । भलिबल, फुटबल, दौड, क्यारेमबोर्ड, ब्याटमिन्टन, चेस, टग अफ वार, स्पून मार्बल रेस लगायतका खेलमा झन्डै ४०० खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । क्यानडास्थित नेपाली संस्थाका प्रमुखहरुबीचको रमाइलो दौडमा १९ जना अरु अध्यक्षहरुलाई पछि पार्दै प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रमेश थापाले उपाधि जितेको नेपाल ब्रिटेन अनलाइनले जनाएको छ ।
टोरन्टो नेपाली स्पोर्टस् सेन्टर, लालिगुराँस स्पोर्ट क्लब, नेकोस, निकासे, बाग्लुङ सेवा समाज र एनसिएससीले उक्त खेलकुद सप्ताह सञ्चालन एवम् व्यवस्थापनमा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्