Logo

भाटभटेनीको नयाँ शाखा हेटौंडामा

भाटभटेनी सुपरमार्केटस्ले हेटौंडामा आफ्नो २०औं शाखाको उद्घाटन गरेको छ भाटभटेनी सुपरमार्केटस्का अध्यक्ष मीनबहादुर गुरुङले बुधबार नयाँ शाखाको हेटौंडामा उद्घाटन गरेका हुन् ।
एक अर्ब ५० करोड बढी लागतमा नयाँ शाखाको निर्माण गरिएको गुरुङले जानकारी दिए । “हामीले यहाँ २५० जनालाई रोजगारी दिएका छौं” उनले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत पनि हामीले यहाँ काम गरेका छौं ।”
उनका अनुसार हेटौंडाको बीपी चोकदेखि अघि करिब ८५ लाखको लागतमा सडक मर्मत गरिएको छ । भाटभटेनीले यसअघि १९ औं शाखा इटहरीमा सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्