निगमको सोभेनियर सेल्स काउण्टर «

निगमको सोभेनियर सेल्स काउण्टर

नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्री गर्न टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउण्टरको स्थापना गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको एक समारोहकाबीच बुधबार उद्घाटन गरेका छन् । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउण्टर निगमका अन्य कार्यालयहरुमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ ।
नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुहरुको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सेभेनियर सेल्स काउण्टरको स्थापना गरिएको जनाएको छ ।
नेपाली कच्चा पदार्थ बा“स, घा“स आदिबाट बनेका ढक्की, व्यालेट, पर्सकासाथै कप, टि–म्याट, विमान चढ्दा सजिलोको लागि लगाउने नेक पिलो र विमानका नमूना जस्ता सामानहरु सेल्स काउण्टरमा उपलव्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्