एनसेल र राकुटेन भाइबरको साझेदारी

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका छन् । यस समझदारी अन्तर्गत चार प्याकहरू हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउने भएका छन् ।
यी प्याकहरूका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन नलाग्ने जनाएको छ । पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध हुने उल्लेख छ ।
त्यसैगरी, एनसेल ग्राहकहरूले भाइबरको स्टिकरहरूमा निःशुल्क पहुँच पाउने र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विषेशगरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध हुने जनाएको छ ।
“डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले ग्राहकहरूलाई निःशुल्क म्यासेजिङ एपहरू मध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं” एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “यो साझेदारीले नेपाली उपभोक्तालाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना हुने हाम्रो विस्वास छ ।”