मोटरहेडले ल्यायो एक्सचेन्ज अफर «

मोटरहेडले ल्यायो एक्सचेन्ज अफर

मोटरहेडको आधिकारिक वितरक एलएलआर टेक्नो एण्ड टे«डले एक्सचेन्ज अफर ल्याएको छ ।
काठमाडौं उपत्यकाभित्रका शोरुममा मंसिर २२ देखि २४ गतेसम्म एक्सचेन्ज मेला सञ्चालन गर्न लागेको हो । कम्पनीले ग्राहकहरुको मागलाई ध्यानमा राखी एक्सचेन्ज अफर सार्वजनिक गरेको जनाएको छ । मोटरहेडका डर्ट, क्रसओभर र स्क्याम्बलर सेगमेन्टमा आफ्नो छुट्टै उपस्थिति रहेको कम्पनीले विभिन्न अफर सार्वजनिक गरेको हो ।
मोटरहेडका नयाँ बाइक खरिदमा १० हजार छुट दिएको छ भने फाइनान्समा ७ हजार छुट दिएको छ ।
कम्पनीले बाइक सट्टापट्टा गर्दा पुरानो बाइकमा बजार मूल्यांकन भन्दा १५ हजार बढी पाउने जनाएको छ । कम्पनी उचित मूल्यांकन र सरल खरिदको वातावरण मिलाउन शोरुममै भ्यालुएसनको व्यवस्था गरिएको छ ।
कम्पनीले नयाँ बाइकको खरिदमा आकर्षक फ्रि डर्ट हेल्मेट उपलब्ध गराउने भएको छ । मोटरहेडको सल्लाघारी, मित्रपार्क चावहिल, टेकु, धोविघाट र बालाजुमा अफर लागू हुने कम्पनीले जनाएको छ । मोटरहेडल हालसालै परिमार्जित गरिएको नयाँ टेकन आर २५० मोडल बजारमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्