खल्तीको आइफोन जित्ने मौका «

खल्तीको आइफोन जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएको जनाएको छ । कम्पनीका अनुसार ‘खल्ती मा आइफोन १३’ अफर र साथै १ लाख खल्ती पोइन्ट मात्र ५० रुपैयाँमा जित्ने अवसर ल्याएको हो । यो क्याम्पेन ५ डिसेम्बरदेखि १४ जनवरीसम्म लागू हुनेछ ।
प्रयोगकर्ताले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्भिसेसमा गएर ‘खल्ती मा आइफोन’ बाट मात्र ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने छ ।
त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । एक जना भाग्यशाली विजेताले आइफोन १३ प्राप्त गर्न सक्नेछन् ।
साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउनेछन् ।
खल्तीमा आइफोन १३ को विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्