युनिलिभर नेपालले माइती नेपालसँग सहकार्य गर्ने «

युनिलिभर नेपालले माइती नेपालसँग सहकार्य गर्ने

युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच मानव बेचबिखन तथा घरेलु हिंशाको सिकार भएका महिलाहरूका लागि रोजगारी सिर्जना गर्नेबारे सहकार्य हुने भएको छ ।
मानव बेचबिखन तथा घरेलु हिंसामा परेका महिलाहरुको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्ने हेतुले सहकार्य भएको यनिलिभर नेपालले जनाएको छ ।
यस साझेदारीले महिलाहरूको दिगो आय सिर्जना गर्ने अवसरहरू प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
महिलाहरूका लागि प्रख्यात ब्राण्डका ब्यूटी पार्लरका साथै एक्स्काभेटर चलाउने र बिक्री (सेल्स) तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनर्स्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ ।
महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै उनीहरूलाई सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्