वार्षिकोत्सवमा सानिमा बैंकको रक्तदान कार्यक्रम «

वार्षिकोत्सवमा सानिमा बैंकको रक्तदान कार्यक्रम

सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्