पुनर्निर्माणमा खटिएका प्राविधिकद्वारा काम ठप्प «

पुनर्निर्माणमा खटिएका प्राविधिकद्वारा काम ठप्प

धनकुटा-सेवा सुविधासम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत प्रदेश १ का पहाडी जिल्लामा खटिएका प्राविधिकले मंगलबारबाट काम ठप्प पारेका छन् । फिल्डमा खटिएवापतको अतिरिक्त सुविधा, प्रोत्साहन भक्ता, स्वास्थ्य तथा दुर्घटना बिमा, भौतिक सुरक्षा तथा स्थानीय तहमा खटिएका प्राविधिकको स्थायित्व र निरन्तरताको माग गर्दै आन्दोलित धनकुटा, तेह्रथुम र भोजपुर जिल्लामा कार्यरत ७० जना असिस्टेन्ट सबइन्जिनियर, सबइन्जिनियर र इन्जिनियरले मंगलबारबाट कार्यस्थल छाडेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा आफ्नो मागका सम्बन्धमा पटकपटक जानकारी गराइए पनि सम्बोधनका लागि पहल नभएको भन्दै संघर्ष समिति नै बनाएर आन्दोलित हुनुपरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हकहित संरक्षण समिति धनकुटाका अध्यक्ष विशाल शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस्