मोदीले रातभर हेरे एयर स्ट्राइक, लडाकु विमान फर्केपछि मात्रै लिए विस्राम «

मोदीले रातभर हेरे एयर स्ट्राइक, लडाकु विमान फर्केपछि मात्रै लिए विस्राम

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभरी पाकिस्तानमा गरिएको हवाइ हमला हेरेका थिए । उनी एकछिन पनि सुतेका थिएनन् । जुन समयमा भारतीय वायुसेनाको युद्धका विमानले पाक अधिनस्त काश्मीरमा जैस–ए–मोहम्मदको आतंकवादी ठेगानामा बम बर्साएका थिए, उक्त समयमा प्रधानमन्त्रीले घटनाक्रम हेरिरहेका थिए । यो जानकारी सरकारी सुत्रबाट प्राप्त भएको हो । मोदीले पुरै सात आखा पनि नझिम्क्याइकन आक्रमणको अन्त्य सम्म हेरेका थिए ।
मोदीले सबै लडाकु विमान तथा पाइलट सुरक्षित रुपमा फर्किएपछि मात्रै आराम लिएको सुत्रले जनाएको छ । आक्रमणमा सहभागी मानिसलाई विहान करिब साढे ४ बजे बधाइ दिएपछि मात्रै उनले आफ्नो नियमित दिनचर्या सुरु गरेका थिए ।
विहान राष्ट्रपति भवनको कार्यक्रममा सहभागी भएपछि मोदी एक ¥यालीका लागि राजस्थान गएका थिए ।
अभियानको समयमा उनी घरमा थिए वा अन्य स्थानमा थिए भन्ने विषय अझैसम्म पनि स्पष्ट भइसकेको छैन । प्रधानमन्त्रीका नजिकका सुत्र अनुसार उनी अभियानको समयमा वा त्यसपछि रक्षा मन्त्री निर्मला सीतारमण, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा वायुसेना प्रमुख बी एस धनोआको सम्पर्कमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्