विद्युत नियमित गर्न सांस्कृतिक ऱ्याली «

विद्युत नियमित गर्न सांस्कृतिक ऱ्याली


जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न दबाब दिँदै जुम्लाका जनताले काठमाडौंमा सांस्कृतिक ¥याली निकालेका छन् ।
मंगलबार जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक ¥याली निकालेका हुन् ।
स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित ¥याली गरिएको थियो । जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहिहत ¥याली गर्नुपरेको प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको भए पनि पोल, तार र मिटर पुग्न नसकेको र गाउँगाउँमा विस्तार हुन नसकेको उनले बताए ।
कर्णालीको समस्या पटकपटक राख्दा पनि सरकारबाट सुनुवाइ नभएको उनले दुःखेसो गरे । उनले भने, “सजिलै सुन्दैन नेपाल सरकारले, विद्युत प्राधिकरणले । अनि हामीले सजिलै सुनेन भने बाजा बजाउने चलन छ हाम्रो कर्णालीतिर । यो विद्युत प्राधिकरणलाई ब्युँझाउनलाई । ग्रिड गयो भने ग्रिड गएर के गर्नुहुन्छ ? बत्ति मधुरो छ । मिटर छैन । तार छैन । पोल छैन । गाउँ गाउँमा लाइन विस्तार भएको छैन । एकदमै ढिलासुस्ति भइराखेको छ । कर्णालीमा के भइरहेको छ उहाँले सुन्दै सुन्नुहुन्न । कर्णालीमा लाइनको विस्तारको बारेमा उहाँको ध्यान गइराखेको छैन । कर्णाली सयौं वर्ष भइसक्यो अँध्यारो भएको । बाटोमा पुगेको छ, गाउँमा पुग्या छैन । घरमा पुग्या छैन । कहीँ पुग्या छैन । सुन्दैन सरकार, नसुनेपछि सुनाउनलाई बाजा बजाएको ।”
¥यालीमा हामीलाई बत्तीको मिटर देउ, ट्रान्सफरमरको व्यवस्था गर, मलाई पनि बत्तीमा पढ्ने रहर छ, हाम्रो खोलाको पानी त्यसै बग्यो, घर भने अध्याँरो छन्, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हो है लगायत लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । त्यसैगरी जुम्लाका सम्पूर्ण बस्तीमा विद्युत प्रसारण लाइनको विस्तार गर्न र विद्युत प्रसारणलाइन पुगेका क्षेत्रमा चाँडोभन्दा चाँडो मिटरलगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापन पत्रसमेत बुझाइएको छ ।
¥यालीसहित नेपाल विद्युत प्राधिकरणमा पुगेका जुम्लाका जनताले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापन पत्र बुझ्न प्राधिकरणको आँगन बाहिर नै बोलाएका थिए । कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापन पत्र प्राधिकरण भवन बाहिर नै टाँसिएको थियो ।
यद्यपि कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको आगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिबद्धता गरे । जिल्लाभरि विद्युत विस्तारका लागि टेन्डर गर्न लागेको पनि उनले बताए । उनले भने, “मिटर पनि आउँछ । जिल्लाभरि लाइनका लागि हामी टेन्डर गर्दैछौँ । लाइन त पुगिहाल्या छ । ग्रिड त पुग्यो नि त ।
ग्रिड पुग्यो, टेन्डर गर्दैछौँ । तपाइँले बुझ्नु भएको छ, टेन्डर गरेर कति टाइम लाग्छ भनेर ।”
ज्ञापनपत्रमा ३३ केभीए प्रसारणलाइन निर्माण कार्यमा भइरहेको ढिलाइको अन्त्य गरी शीघ्र कार्य सम्पन्न गर्नुपर्ने र ११ केभीए लाइनमा भएको भोल्टेज उतार चढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्