अब पनि नसुध्रिए कांग्रेस सकिन्छ : गगन «

अब पनि नसुध्रिए कांग्रेस सकिन्छ : गगन

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अव पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् ।
उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यक्ताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए । उनले नेपाली कांग्रेसले चुनाव जित्छौँ भनिरहँदा आम जनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताए ।
नेता थापाले यो महाधिवेशनपछि नेपाली काँग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताए । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरुलाई जोडिने वातावरण सिर्जन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्