स्टडी ग्रुपले नेपाली विद्यार्थीहरूका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै «

स्टडी ग्रुपले नेपाली विद्यार्थीहरूका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

अग्रणी विश्वव्यापी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई उनीहरूको करियरमा मद्दत गर्ने उद्देश्यले जब रेडि प्रोग्राम ल्याएको छ ।
यो प्रोग्राम विशेष गरी नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनको सीप सिक्न मद्दत गर्न डिजाइन गरिएको हो जसले उनीहरूलाई पढ्दै कमाउने अवसर प्रदान गर्दै पढाइ सकेपछि अन्तर्राष्ट्रिय कम्पनीहरूमा रोजगारी पाउन सक्षम बनाउँछ ।
स्टडी ग्रुपले यूके इन्टरनेसनल स्टडी सेन्टर वायुएस इन्टरनेसनल कलेजबाट आफ्नो प्रक्रिया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवा शुल्क व्यहोर्ने छ ।
स्टडी ग्रुपका विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै सीभी लेखन र प्रोफाइल प्रेजेन्टेसनका लागि पनि सहयोग प्राप्त गर्ने छन् । यसको साथै उनीहरूले इन्टभ्र्यु कोचिङ, मक इन्टभ्र्युबाट पनि लाभ लिन सक्नेछन् । यो कार्यक्रम सकिएपछि विद्यार्थीहरूले सम्भावित रोजगारदाताहरूसँग ३ वटा सम्म इन्टर्भ्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्तगर्न सक्नेछन् ।
स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक निबन्दराले भने, ‘जब रेडी प्रोग्राम स्टडी ग्रुपको एउटा यस्तो गज्जबको पहलहो जसले नेपाली विद्यार्थीहरूलाई उच्चशिक्षा सक्किना साथ कामका लागि दक्ष बनाउँछ । उनीहरूले युके आउनासाथ आफैंले अध्ययन गरेको विषयमा अझ ज्ञान र अनुभव बढाउँदै प्रोफेसनल कोर कम्पिटेन्सिज बढाउन र सम्बन्धितकामको अनुभव बढाउन सक्षम हुनेछन् जसले उनीहरूको भविष्यमा राम्रो रोजगारी पाउन सक्ने अवसर सुनिश्चित हुन्छ । फलस्वरूप नेपाली श्रम बजारमाअहिले देखा परिरहेको ‘स्किलग्याप’ लाई पनि उनीहरू कम गर्न सक्षम हुनेछन् ।
प्रिपेयर फर सक्सेस
नेपाली शैक्षिक पद्धतिबाट विदेशी शैक्षिक पद्धतिमा सजिलै ट्रान्जिसन हुन आवश्यक भाषाको साथ–साथै जीवनोपयोगी शिक्षा र लर्निङ स्किलहरू सिक्न विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले ल्याइएको अनलाइन कार्यक्रम हो । यो कार्यक्रमको तात्कालीक नतिजाको रूपमा यो कोर्समा सहभागि ८२ प्रतिशत विद्यार्थीले आफ्नो उच्चशिक्षा अगाडि बढाउन आफू पर्याप्त रूपमा तयार भएको बताएका थिए ।
जब रेडी
स्टडी ग्रुपका निःशुल्क रोजगार सेवाअन्तर्गत युकेमा अध्ययनरत नेपाली विद्यार्थीहरूले पढ्दै काम गर्ने अवसर पाउनुका साथै कि ट्रान्स्फरेबल स्किल्स सिक्न र कामको अनुभव लिन सहयोग गर्नेछ ।
भर्चुअल इन्टर्नसिप
स्टडीग्रुपले भर्चुअल इन्टनसिप पार्ट्नर्ससँग सहकार्य गरेर नेपाली विद्यार्थीहरूलाई ७० भन्दा बढी देशको ४० भन्दा बढी उद्योगहरूमाअनलाइन इन्टर्नसिप र कामको अवसर प्रदान गर्नेछ । भर्चुअल इन्टर्नसिपले विश्वभरिका ४ हजारभन्दा बढी कम्पनीहरूसँग सहकार्य गरेर हजारौं विद्यार्थीहरूलाई रिमोट इन्टर्नसिपको माध्यमबाट प्रोफेसनल स्किलहरू वृद्धि गर्न सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्