प्राधिकरणको बजेट आगामी सोमबार पास हुने «

प्राधिकरणको बजेट आगामी सोमबार पास हुने

विमानस्थमा हुने चरा र वन्यजन्तुको गतिविधि नियन्त्रणमा गम्भीर हुन सुझाव
आगामी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट पास हुने भएको छ ।
मंगलबार राजधानीमा आयोजित ७७औं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी सोमाबार बस्ने प्राधिकरणको बोर्ड बैठकलले चालू आर्थिक वर्षको बजेट पास गर्ने बताएका हुन् । लामो समय मन्त्रालय मन्त्रीविहीन हुँदा बोर्ड बैठक बसेको थिएन, अब भने रोकिएको बजेट सोमबार पास हुने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकले चालू आर्थिक वर्षका लागि ४१ अर्ब ७६ करोडको बजेट विनियोजन गर्ने तयारी गरेको छ । गत वर्ष प्राधिकरणको कुल बजेट ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ थियो ।
पहिलो विगतमा सञ्चालमा ल्याएका बहुवर्षीय कार्यक्रम, सुदूरपश्चिममा विमानस्थलको मर्मत र स्तरोन्नति, सञ्चालनमा ल्याउने बजेटमा व्यवस्था गरिएको छ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सम्पन्न गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । यही चालू आर्थिक वर्षभित्र नै दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयारी पारी निर्माण कार्य थाल्ने बजेटमा व्यवस्था गरिएको प्राधिकरण स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि प्यारालल ट्रयाक्सी वे र धावनमार्गको पूर्वमा ह्याङगर बनाउने काम चालू आर्थिक वर्षमा हुने जनाइएको छ ।
प्राधिकरणको बजेट विगतमा साउनमा नै बोर्डले पास गर्ने गरेको भए पनि चालू आर्थिक वर्षमा भने हालसम्म बजेट पास हुन सकेको थिएन् ।
मन्त्रालयले अन्तर्राष्ट्रिय उड्डयन दिवसको अबसरमा आयोजित ‘उड्डयन सुरक्षामा वन्यजन्तु व्यवस्थापनको चुनौती’ विषयको कार्यशालामा उड्डयन सुरक्षाका जानकारहरूले धावनमार्गमा वन्यजन्तु व्यवस्थापन कमजोर रहेको बताएका थिए । कार्यशालामा जनकारहरूले विमानस्थलमा चरा र बन्यजन्तुका कारण उडान सुरक्षामा, उडान प्रभावित हुर्दै आएकाले गर्दा विमानस्थलले सुधार गर्नु पर्ने औंल्याएका थिए ।
प्राधिकरणका निमित्त उपमहानिर्देशक देवचन्द्रलाल कर्णले सबैको सहयोग नियमित सहकार्यमा विमानस्थलबाट चरा तथा वन्यजन्तुको ब्यजास्थावन गर्न सकिने बताउँदै यसका लागि सबैको भूमिका, समन्वयको आवश्यकता औंल्याएका थिए । उनले धावनमार्ग र चारको रङसमेत उस्तै देखिएको हुँदा दुर्घटनाको जोखिम भएकाले सुधार गर्नुपर्ने छ ।
निजी वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले विमानस्थलका वन्यजन्तु वसस्थान बन्दा दुर्घटनाको जोखिम रहेकाले सुधारको सरोकारवाला निकायाले गम्भीर भएर सुधार गर्नु आवश्यक भएको बताए ।
मन्त्रालयका सचिब महेश्वर न्यौपानेले मन्त्रालयले सबै विमानस्थल संवेदनशील क्षेत्र भएकाले गर्दा यसको जोखिम न्यूनीकरणको र हवाई सुरक्षामा गम्भीर भएकाले गर्दा मन्त्रालयले समन्वय गर्न कुनै पनि कसर बाँकी नराखी कार्यायोजनासहित काम गर्न निर्देशन दिएका छन् । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले विमानस्थलहरूलाई सुरक्षा ब्यवस्थापनमा प्रतिबद्धता भएर काम गनू र गराउन प्राधिकरण तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्