‘बिइङ ह्युमन’ परोपकारी संस्थाका म्यानेजर हुण्डीको ६९ रकम सहित पक्राउ «

‘बिइङ ह्युमन’ परोपकारी संस्थाका म्यानेजर हुण्डीको ६९ रकम सहित पक्राउ

प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’काम्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको जनाएको छ ।
महानगरीय प्रहरी परिसरका प्रमुख एसपीदिनेश मैनालीले कारोबारलाई दिएको जानकारी अनुसार काठमाडौ दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट ६९ लाख ५० हजार रकमसहित शुक्रबार उनलाई पक्राउ गरिएको हो ।
मैनालीका अनुसार खनाललाई स्रोत नखुलेको रकमलुकाई छिपाई गरी राखेको छ भन्ने बिशेष सूचनाको आधारमामहानगरीय प्रहरी वृत्त दरवारमार्ग, काठमाडौँ र महानगरीय प्रहरी परिसर, काठमाडौँको संयुक्त रुपमाविशेष प्रहरी टोलीले खनाललाई पक्राउ गरेको हो ।
काठमाडौँ को दरबारमार्गस्थित बिइङ ह्युमनकपडा पसलमागई चेकजाँच गरी रकमबारे सोधपुछ गर्दा श्रोत खुलाउननसकेकोले उनीलाई पक्राउ गरी थप अनुसन्धान गर्न थालिएको प्रहरीको भनाइ छ ।
नेपाली १ सयका दरको १ सय वटा भएको ४९ बन्डलको जम्मा.४९लाख र नेपाली ५ सय दरको १ सयवटा भएको ४१ बण्डलको जम्मा २० लाखपचास हजार र बिइङ ह्युमन लेखिएको नीलो रंगको हाते झोला बरामत गरेको प्रहरीको भनाइ छ ।
उक्त रकम हुण्डीको भएको आशंकागरिएको छ भने खनाललाई थप अनुसन्धान गर्नका लागि ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीको भनाइ छ ।
भारतीय कलाकार सलमान खानले सुरु गरेको बिइङ ह्युमन एक परोपकारी संस्था भए पनि नेपालमाभने यो संस्था हुण्डीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । नेपालमा यो संस्थाका मुख्य सञ्चालक राजु थापा क्षेत्री र सन्तोष पोखरेल हुन् । हाल यी व्यक्तिहरू नेपालमा नै नभएकाले क्षेत्री र थापादुबैको खोजी भइरहेको र उनीहरूबारे पनिथप अनुसन्धान गरिने मैनालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्