मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ «

मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गए राति काठमाडौंको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए । उनले भने, ‘बेलुका बबहमहलबाट चोरेको मोटरसाईकल चोरसहित हामीले पक्राउ गर्न सफल भयौं । यो ७ जना भनेको चाहिँ काठमाडौंको ठूलै गिरोह हो । बाँकी अनुसन्धानको पाटो भएकाले उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’
त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्