बढ्दो मुद्रास्फीतिको उच्च जोखिम «

बढ्दो मुद्रास्फीतिको उच्च जोखिम

अग्रगामी निर्देशिकाको माध्यमबाट निरन्तरको विशाल ऋणपत्र खरिद र दीर्घकालीन अवधिका लागि नीति निर्माण गर्ने विषय हालसम्मकै कम अनुपयुक्त देखिएको छ ।

हालैको मूल्यवृद्धिका पछाडि स्पष्ट तत्वहरू रहे पनि हालैको मूल्यवृद्धि बाँकी समयमा निश्चित रूपमा ओरालो लाग्ने देखिन्छ । अन्य अलमलको अवस्थामा पर्ने देखिन्छ । पहिले नै उच्च मुद्रास्फीतिको दबाबको अवस्थालाई पनि जोड्ने हो भने यो विश्वव्यापी अर्थतन्त्रमा पनि बस्ने देखिन्छ । सबैभन्दा खराब अवस्था भनेको केन्द्रीय बैंकहरूले आफूलाई शाखारहितको अवस्थामा निरन्तर लैजाने देखिन्छ ।
धेरै मुलुकले उनीहरूको मुद्रास्फीतिको उच्च दरलाई वर्षौंसम्म कायम राख्दै आएका छन् । अमेरिकामा यो ६.२ प्रतिशत, संयुक्त अधिराज्य (बेलायत, वेल्स, स्कटल्याड र आयरल्यान्ड) मा ४.२ प्रतिशत, जर्मनीमा ५.२ प्रतिशत, युरोजोनमा ४ प्रतिशत रहेको छ । केहीले यसलाई अस्थायी अवस्था भनेका छन् भने अन्य केहीले विस्तारित मौद्रिक नीतिहरू र बढ्दो सार्वजनिक वित्तले सञ्चालन गरेको ठूलो मूल्य वृद्धिप्रति हामी आफूले आफैंलाई डर मान्नुपर्ने बताएका छन् ।
अझै पनि दुवै पक्ष हालैको मूल्य वृद्धि चाँडै नै निष्क्रिय हुने र लुप्त हुने विषयमा एकमत भएका छन् । २०२० मा मूल्य थोरै मात्र वृद्धि भएको थियो र केही अवस्थाहरूमा ओरालो पनि लागेको थियो । यसले २०२१ मा वार्षिक अवस्थाको आधारमा तल्लो आधार स्तम्भसमेत तयार पारेको थियो । इन्धनजन्य वस्तुहरू जस्तै ग्यास, पेट्रोल र डिजेलमा पनि भएको मूल्यवृद्धिलाई पनि अस्थायी मानिएको छ । यसै आधारमा २०२२ मा धेरै मुलुकमा महत्वपूर्ण मुद्रास्फीति ठूलो मात्रामा ओरालो लाग्ने देखिन्छ ।
यद्यपि दीर्घकालीन अवधिमा जलवायु परिवर्तनसँग जुझ्नका लागि खनिज इन्धनहरूको मूल्य स्वीकार गर्नु आवश्यक देखिन्छ । तर, निर्माण सामग्री, कम्प्युटर चिप्स र कच्चा पदार्थहरूको अनिश्चित देखिन्छ । यसबाट अन्तिम छुट पाउने सम्भावना देखिन्छ ।
समग्रमा यो समस्था भनेको विश्वव्यापी हो । यो एकाध मुलुकमा मात्रै होइन, विश्वले नै यस खालको समस्या भोग्नुपर्ने देखिन्छ । जब चीन १९९० को दशकमा विश्व बजारमा प्रवेश ग-यो, सस्ता सामानहरूको बाढी नै आयो र यसले मूल्य मात्रै ओरालो लागेको होइन ज्याला (पारिश्रमिक) पनि ह्वात्तै ओरालो लाग्यो । यो अवधिमा नेपालजस्ता अल्पविकसित मुलुकहरूले वैदेशिक रोजगारीमा जानेहरूको आम्दानीमा पनि ह्वात्तै गिरावटसमेत आयो । जापानमा ७० हजारसम्म पर्ने सीडी प्लेयर चीनले ३ हजारमै उपलब्ध गराउन थाल्यो । रोजगारी गुमेकाहरूप्रति ट्रेड युनियनहरूको चासो बढ्न थाल्यो । उनीहरूले पनि उच्च पारिश्रमिक माग्नलाई आनाकानी गरेको वा उदासीन हुन थाले । तर, हाल आएर भने यो दबाब सहज हुँदै जान थालेको छ ।
अझै पनि भूमण्डलीकरणको अन्त्य भएको सोच्नु गल्ती हुनेछ । तर, अर्को सत्य के पनि हो भने अन्तर्राष्ट्रिय एकीकृतीकरणको अवस्था भने मन्द भएको छ । यसमा कोभिड–१९ को संकट, ट्रम्प प्रशासनको संरक्षणवाद, जनसंख्याको केही हिस्सा बुढ्यौलीमा प्रवेश गरेसँगै चिनियाँ मजदुर आपूर्ति घट्नु रहेका छन् । परिणामस्वरूप चीनले हालै आएर तीन सन्तानको नीति अंगीकार गर्ने जनाइ पनि सकेको छ । यसले विश्वव्यापी अर्थतन्त्रमा विगतमा भन्दा केही मुद्रास्फीतिजन्य शेष कायमै रहने देखिन्छ ।
आजको मुद्रास्फीतिको तर्क–वितर्क भनेको अस्थायी मान्यतामात्रै हो । विश्वव्यापी बेरोजगारी सोचमग्न हुने अवस्थामा पुगेको छ र मजदुर संगठनहरू पनि कमजोर देखिएका छन् । यो अवस्थामा पारिश्रमिक ठूलो रूपमा वृद्धि हुने कुनै सम्भावना देखिन्न । यसले मूल्यलाई ठूलो वृद्धितर्फ डो-याउँछ । मुद्रास्फीतिचाहिँ बढ्ने र मजदुरको ज्याला नबढ्ने भएपछि मजदुरको अवस्था दयनीय हुन जान सक्छ । व्यापारिक निकाय पनि नाफामा जान सक्ने देखिन्न ।
तर चुरो कुरा पनि त्यो हुन सक्दैन । किनभने विश्वव्यापी अर्थतन्त्र घुमाउरो बिन्दुमा रहेको छ । अवस्था मूल्य ओरालो लाग्नुभन्दा पनि मुद्रास्फीतितर्फ रूपान्तरण भएको छ । राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा भएको मजदुर अभावले पारिश्रमिकमा वृद्धि भएको छ । संयुक्त अधिराज्यमा ट्रक चालकको अभावलाई नमुनाको रूपमा लिन सकिन्छ । हाल संयुक्त अधिराज्यमा ट्रक चालकको चरम अभाव देखिएको छ । यसले युकेमा ट्रक चालकहरूले ठूलो मात्रामा ज्याला मागेका छन् । अस्ट्रेलियामा पनि भाडा माझ्ने कामदारको अभाव देखिएपछि मजदुरहरूले घण्टाको ५० अमेरिकी डलरको माग गर्न थालेका छन् ।
महामारीले अर्थतन्त्रमा आएको मन्दी सामान्य ओरालो लागेको अवस्थासँग अवश्य पनि तुलना गर्न सकिन्न । त्यसो हो भने क्षेत्रगत पारिश्रमिक वृद्धि पूरै अर्थतन्त्रमा विस्तार हुनका लागि कति समय लाग्ला, त्यो हेर्न बाँकी नै छ ।
कतिपय अवस्थामा मौद्रिक नीतिले पनि मुद्रास्फीतिको अवधि निश्चित गर्छ । अल्पकालीन अवधिमा केन्द्रीय बैंकहरूले ऊर्जाको लागत वृद्धिजस्ता क्षेत्रबाट भएको प्रभावलाई रोक्नका लागि केही पनि गर्न सक्दैनन् । उनीहरूले यो अवस्थालाई रोक्ने प्रयास पनि गर्नु हुँदैन ।
चाहे जे पनि होस्, नागरिक तथा वित्तीय बजारले केन्द्रीय बैंकहरूले मुद्रास्फीति २ प्रतिशतको हाराहारीमा स्थापित गर्ने दृढ संकल्पप्रतिको विश्वास गुमाउनु हुँदैन । यो मध्यकालीन अवधिका लागि कायम गर्नुपर्छ ।
ऋणपत्र खरिद गरेर आएको वित्तीय बजारको तरलताको बाढीले सम्पत्ति मूल्यलाई माथि उठाएको छ र यसले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ ।
अहिलेको जोखिम भनेको यो मुद्रास्फीति रहेको छ । यो पैसाको आपूर्तिको ठूला विस्तार हो । यसको असर उपभोक्ता मूल्यमा पर्न जान्छ । यो सार्वजनिक ऋणमा भएको तीव्र वृद्धिले पनि प्रभावित भएको छ । अमेरिकी फेडरल रिजर्भ र युरोपेली केन्द्रीय बैंक (ईसीबी) आजको मुद्रास्फीति अपेक्षा २ प्रतिशतकै लक्ष्यमा निरन्तरता दिने भनेका छन् । अमेरिका र युरोजोनले पनि मुद्रास्फीतिको अपेक्षाप्रतिको धारणा सुनिश्चित भएको मानेका छन् ।
उच्च मुद्रास्फीतिको अनुमान लगाउने लगानीकर्ताहरू आफ्नो ऋणपत्र केन्द्रीय बैंकलाई बिक्री गर्न खोज्दै छन् । उनीहरूले पनि यो ऋणपत्र उच्च मानिएको समयमा बिक्री गर्न सक्छन् । परिणामस्वरूप यी मुद्रास्फीतिका निराशावादीहरू वित्तीय बजारमा देखिने छैनन् । यसले मुद्रास्फीतिको तापक्रमको अपेक्षा वास्तविकभन्दा तल पुग्नेछ । वास्तवमै धेरै मुलुकका नागरिक उपभोक्ता र कामदारहरू मुदास्फीति अपेक्षाको स्थायित्वका बारेमा शंका व्यक्त गर्छन् । उनीहरूको यो शंका केन्द्रीय बैंकहरूको मुद्रास्फीतिको लक्ष्यमा रहेको छ ।
धेरै वर्षसम्म पनि मुद्रास्फीति भएन भने पनि यो अचम्मको कुरा हुनेछैन । विगतका वर्षहरू यसकै अपेक्षामुखी थिए । जब उच्च अपेक्षा त्यो हो, जसमा मूल्यको स्थायीत्वले निरन्तरता पाउनेछ ।
केन्द्रीय बैंकहरूको विश्वसनीयताले यी धारणाहरूलाइ रोक्नका लागि निःसन्देहात्मक र महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर, विश्वसनीयताले सधैं प्रश्नको रूपमा मानिन्छ । २०२२ को सुरुमा अपेक्षित ओरालो लागेपछि र यदि मुद्रास्फीतिको दर बढे पनि लामो समयसम्म २ प्रतिशतको तहभन्दा यो विस्तारित अवधिमा पुग्ला ? मुद्रास्फीतिको अपेक्षा नभनिएको अवस्थामा आउने अचानक रूपमा उकालोतिर जान सक्नेछ ।
जोखिम पुनः कम आँकिएको हुनु हुँदैन । यो पनि विशेष गरी मुद्रास्फीतिको विषयमा हुनेछ, जुन सबैतिर शान्त हुनेछ । यसले नागरिकको व्यवहारमा स्पष्ट रूपमा संकेत गरेको छ ।
फेडका पूर्वउपाध्यक्ष एलान ब्लाइन्डरले मानिसहरूले मुद्रास्फीतिको बारेमा चर्चा सुरु गरेपछि मात्रै मुद्रास्फीति हुने बताएका छन् । उनीहरूलाई सामान किन्दा महँगो भएको महशुस गरेपछिको अवस्थामा जब चर्चा हुन जान्छ, त्यो नै मुद्रास्फीति हो भन्ने धारणा उनको छ ।
कुनै अवस्थामा मौद्रिक नीति–रणनीतिको परिवर्तनको परीक्षण गर्नु पनि महत्वपूर्ण हुनेछ, जुन फेड र ईसीबीले बनाएका हुन्छन् ।
औसत मुद्रास्फीति लक्ष्यतर्फ यसको रूपान्तरणलाई हेर्ने हो भने स्कुल नगएकाहरूलाई क्षतिपूर्ति दिन फेडले अमेरिकन मुद्रास्फीतिलाई २ प्रतिशतमाथिको लक्ष्य राखेको छ । विगतमा पनि यसै किसिमको लक्ष्य राखिएको छ । अझै पनि चुलिएको मुद्रास्फीति दबाबको अवस्थामा फेडको विश्वसनीयतामाथि कठोर रूपमा परीक्षण गरिनुपर्छ ।
यसैगरी ईसीबीले पनि नयाँ रणनीतिका साथ मुद्रास्फीति २ प्रतिशतभन्दा माथि जाने संकेत गरेको छ । उसको यो कदम विगतमा गरेको भन्दा पनि बढी सुविधाजनक रहेको बैंकले जनाएको छ । साझा मुद्रा युरो सुरक्षित गर्नका लागि वर्षौंदेखि स्थापित गरिएको विश्वसनीयतामा पनि सवाल उठ्ने देखिएको छ ।
विश्व गहन परिवर्तनको अवस्थामा रहेको छ । केन्द्रीय बैंकहरू उच्च तहको अनिश्चिततामा रहेका छन् । यसमा उनीहरूको परम्परागत मोडल लामो समयसम्म विश्वसनीय हुने देखिन्न । उनीहरूको मुद्राको स्थायीत्व रक्षार्थ दृढ संकल्पमाथि कुनै शंका नभएको बढी कारणहरू प्रस्तुत गर्नुपर्ने हुन्छ ।
अग्रगामी निर्देशिकाको माध्यमबाट निरन्तरको विशाल ऋणपत्र खरिद र दीर्घकालीन अवधिका लागि नीति निर्माण गर्ने विषय हालसम्मकै कम अनुपयुक्त देखिएको छ ।
(ओटमार इसिङ जर्मन अर्थशास्त्री हुन् । सन् १९३६ मा विर्जबर्गमा जन्मिएका उनले २००६ देखि सेन्टर फर फाइनान्सिङ स्टडिजमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । स्रोतः प्रोजेक्ट सिन्डिकेट)
अनुवादः समीर रेग्मी

प्रतिक्रिया दिनुहोस्