Logo

नेप्से परिसूचक ३७.१८ अंकले गिरावट

सोमबार ३२.२२ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ ।
मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन बजारसँगै कारोबार रकम समेत घटेको छ । सोमाबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्यूचुअल फण्ड बाहेक सबै उपसमूह घटेको देखिएको छ । बैंकिङ १३.५५, विकास बैंक १४०.९५, जलविद्युत ७४.६९, फाइनान्स ९०.०८, निर्जीबन बिमा १६०.९८, जीवन बिमा ७३.९४ उत्पादन तथा प्रशोधन ९२.०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२.५६ अंकले घटेको छ ।
कारोबारमा आएको आईसीएफसी फाइनान्सको सेयरमूल्य सबै भन्दा बढी ७.६५ प्रतिशत घटेको छ । त्यसरी कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा आज प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १२ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्